जन्मदिनमा मागेको कार नपाउँदा खोलामा कार फाल्ने युवक

काठमाडौँ । जन्मदिनमा आमाबाबुले कार उपहार दिंदा को खुशी नहोला । तर, हरियाणामा एक युवक भनेको ब्रान्डको कार नकिनिदिएको भन्दै दुःखीमात्र भएनन् कार लगेर नहरमा फालिदिए । हरियाणा राज्यको यमुनानगरका २२ वर्षीय युवकले बीएमडब्लु थ्री सिरिज कार यमुना नदिको नहरमा खसालिदिएका हुन् । ९ अगष्टमा भएको घटनापछि कारको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले जगुआर कार माग गरेका थिए ।

युवक स्थानिय जमिनदारका छोरा भएको पत्ता लागेको छ । गाडी बग्दै गएर अग्ला झारहरूमा अड्किएको देख्न सकिन्छ। त्यसपछि बगाउने व्यक्तिले गाडीलाई नदीबाट निकाल्न खोजेको देखिन्छ । भारतमा बीएमडब्ल्यू गाडीको मूल्य करिब ५६ लाख नेपाली रुपैयाँ पर्छ भने ज्यागुअरको मूल्य भने ६५ देखि ८० लाख रुपैयाँसम्म पर्दछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा का...