कालिखोलामा पहिरो खस्दा नारायणगढ मुग्लिन सडक अबरुद्ध

1751943838pahiro

काठमाडौँ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा बुधबार बिहान ४ः१५ बजे पहिरो जाँदा यातायात सञ्चालन हुन सकेका छैनन्।

अहिले पहिरो पन्छाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। पहिरो रोक्न लगाइएको ड्याम खसेर सडक अवरुद्ध भएको हो। पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै चल्ने सवारी साधन रोकिएका छन्।

वर्षातको समयमा हरेक वर्ष नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध हुँदै आएको छ। काठमाडौं प्रवेश गर्ने सडक अवरुद्ध हुँदा यात्रुले सास्ती पाउँदै आएका छन्।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...