कहिले नसुत्ने न्युयोर्क शहरमा यसकारण चल्छ उर्गेन दाईको चर्चा

Urgen sherpa 3 3

फिलाडेल्फिया (अमेरिका) । धेरै अमेरिकन र युरोपियनहरुलाई नेपालबारे थाहा नहुन पनि सक्छ । नेपालबारे थाहा नहुँदा उनीहरुले नेपाल भन्ने देश पनि छ र भन्ने प्रश्न गर्छन् । यो सुन्दा पक्कै पनि जो कोही नेपालीको मनमा रीस उठ्छ र त्यसरी रीस उठ्नु स्वभाविक पनि हो ।

उनीहरुलाई नेपाल भन्ने देश कुन महादेशमा पर्छ भन्ने पनि थाहा नहुनसक्छ । तर, गोर्खाली र शेर्पा भन्ने चाँही अधिकांसले सुनेका छन् । तिनीहरुलाई शेर्पा र गोरखाको नाम चाँही कण्ठ नै छ ।

विश्वको सर्वाेच्च शिखर सगरमाथा लगायतका अन्य हिमाल चढ्ने शेर्पा अनि अन्तर्राष्ट्रिय युद्धमा बहादुरी देखाउने गोर्खाली सेनाका बारेमा उनीहरुले प्रसस्तै सुनेका छन् ।

त्यसका पछाडि धेरै कारण छन्, त्यसमध्ये विश्वको सर्वाेच्च शिखर सगरमाथा र शेर्पा समुदायको सम्बन्ध एउटा मुख्य कारण हो । अमेरिकामा यस्तै छुट्टै पहिचान बनाएको छ शेर्पा किदुङले ।

यो संस्थालाई न्युयोर्क महानगरपालिकाले नेपाली समुदायबाट आफ्नो सहयात्री बनाएर विश्वास गर्ने गरेको छ । सन् १९९५ जुलाईमा सोनाम ग्याल्छेम शेर्पाको अध्यक्षतामा बनेको यो संस्थाको न्युयोर्कमा आफ्नै व्यवस्थित भवन छ । शहरभन्दा अलिक पर ४ सय ८० रोपनी जम्मा पनि खरिद गरिसकेको छ । हाल यो संस्थाको अध्यक्षता गरिरहेका छन् उर्गेन शेर्पाले ।

गत मार्च महिनाको दोस्रो सातामा जाडो घटेको थिएन, आउने गर्मी समयमा कुन समुन्द्रको किनारमा घुम्न जाने भन्ने धेरैको मनमा योजना थियो । तर कोरोना भाइरसको समाचारहरु छिटफुट रुपमा आउँदा तेस्रो सातामा यसले महामारीको रुप लिन थाल्यो । अनि घरका ढोका बन्द भए । सडकका गाडी पार्किङमा थन्किए । कहिले नसुत्ने न्युयोर्क सहर जबरजस्ती निदाउन थाल्यो ।

यहीबेला ज्याक्सन हाइटमा रहेको शेर्पा किदुङको कार्यालयमा बसेर ज्यानको बाजी लगाउँदै नेपाली र अमेरिकीलाई सहयोग गर्न सडकमा उत्रिए उर्गेन । हिमालको काखमा जन्मिएर हिउँसँगै पौठेजोरी खेलेका उर्गेन शेर्पा कोरोना भाइरससँग लड्दै, भिड्दै आम नेपालीलाई खाद्यन्न, फलफुल, औषधि, माक्स लगायतका खाद्यन्न लिएर घरघर कोठाकोठामा पुगे ।

कोरोनाले मरेका लास आफन्तले हेर्ने र छुन नपाउने अवस्थामा उनले घर परिवार र साथीभाई परिचालन गरी दाताहरुलाई गुहार मागिरहे । सडकमा कोही छैन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी मात्रै छन् । रेल सेवा बन्द छ । तर उर्गेन गाडी लिएर निस्वार्थ रुपमा खाना लिएर घरघर पुगिरहे ।

अक्सर अमेरिकामा महामारीका बेलासमेत राजनीति गर्छन् । त्यसमा नेपालीहरु त झन अब्बल दर्जामै गनिन्छन् । तर उर्गेनले सबैलाई एकापसमा रहेको बैमनस्यतालाई बिर्सेर एउटै थलोमा बसेर काम गर्न आम नेपालीलाई आव्हान गरे ।

न्युयोर्कमा संस्थागत रुपमा सुरुमा शेर्पा केदुङले खाद्यन्न, फलफुल, माक्स र तरकारी वितरण गर्ने काम थाल्यो । त्यसको नेतृत्व उर्गेनले नै गरे । त्यसपछि अरु संस्था र व्यक्ति उनको पछिपछि आउन थाले । उर्गेनले नै अरु संस्था र व्यक्तिलाई संकलित राहत वितरण गर्न र घरघरामा पु¥याउन व्यवस्थाको चाँजोपाजो मिलाए ।

स्थानीय नगरपालिका, राज्यका सांसद, कांग्रेस म्यानदेखि सिनेटरसम्म राम्रो सम्बन्ध स्थापित गरेका शेर्पालाई राहत वितरणदेखि आर्थिक सहयता जुटाउनसमेत निक्कै सजिलो भयो ।
यो वर्ष अमेरिकी जनगणनाको वर्ष हो । अमेरिकी सरकारले शेर्पा किदुङलाई नेपाली समुदायको तर्फबाट आधिकारिक साझेदारी सहयोगी संस्था बनाएको छ । यसमा उर्गेनको ठूलो भुमिका छ । गत वर्ष उनकै पहलमा न्युयोर्कको क्वीन्समा एभरेष्ट मार्ग नामाङकरण गरियो ।

त्यसो त अत्यन्त मिलनसार, बौद्धिक र बुद्ध धर्मका अनुयायी उर्गेन शेर्पा नेपालीहरुलाई कसरी यहाँको कसरी मुलधारको राजनीतिमा लगाउने भन्ने ध्याउन्नमा रहन्छन् । ‘कुनै नेपाली कामविहीन नहोस्, दुख नपाओस् भन्ने मेरो चाहना हो’ उनले निशान न्युजसँग भने, ‘कुलतमा नफसुन् अनि अमेरिकी आर्थिक समृद्धिको सपना पूरा गर्न अमेरिकामा बसोबास गर्ने हरेक नेपाली सक्रिय बन्नुपर्छ भन्ने लाग्छ ।’

उनी अमेरिकामा उर्गेन दाई, उर्गेन मामा र शेर्पाजीका नामले परिचित छन् । उनी शेर्पा समुदायका लागि मात्र नभएर अमेरिकामा बसोबास गर्ने आम नेपालीलाई सहयोग गर्न हरबखत तयार हुन्छन् भन्ने उनको विगतका कामले पनि पुष्टि गरिसकेको छ ।

त्यति मात्रै होइन, उनले विगतमा शेर्पासहित विभिन्न नेपाली भाषा र संस्कृतिबारे अमेरिकामा चिनाउने काम गर्दै आएका छन् । त्यसका लागि हातेमालो पनि गरिरहेका छन् ।

शेर्पा केदुङ न्युयोर्क सिटीको आवास योजनाको आधिकारिक सेवा प्रदायकका रुपमा कार्यरत छ । ‘चाँडै अमेरिकामा शेर्पा संग्रालयको स्थापना गर्ने दीर्गकालीन योजनासहित काम सुरु गरेका छौं’ उनले भने, ‘यसले नेपाललाई विश्व सामु चिनाउन अझ मदत गर्नेछ भन्ने मैले विश्वास गरेको छु ।’

पूर्वी नेपालको सोलुखुम्बुमा जन्मिएका उर्गेनले कोरोना भाइरसको महामारीमा ज्यानको बाजी लगाएर नेपालीहरुको सेवामा तल्लिन छन् । त्यही कारण पनि सधैं नेपालीहरुको मन-मनमा बसिरहेका छन् । जताततै उनै उर्गेन शेर्पाको चर्चा हुन्छ । त्यो चर्चा उनको कामले दिलाएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...