काँग्रेसले ओलीलाई बुझाएको ज्ञापन पत्रमा के छ ? (पूर्णपाठ)

Cong cpn

काठमाडाैँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसका त्रासबन्दै गएपछि दबाब दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष ज्ञापन पत्र बुझाएको छ ।

काँग्रेसले कोरोना भाइरस रोकथामका लागि सरकारको गैरजिम्मेवारीपन र भ्रष्टाचार रोकथामका लागि दबाब दिन प्रधानमन्त्री आलीलाई प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटार पुगेर विशेष ज्ञापन पत्र बुझाएको हो ।

कोरोना महामारीको सन्दर्भमा सरकारको गैरजिम्मेवारीपन, अकर्मण्यता, अक्षमता र भ्रष्टाचार विरुद्धमा स्वदेश र विदेशबाट एकसाथ सामाजिक दूरी कायम गर्दै कोरोनाका देशनै त्रासबन्दै गएपछि आलीको ध्यानाकर्षण गराउँदै विशेष ज्ञापन पत्र बुझाइएको काँग्रेसले जनाएको छ ।

संघीय संसद्को संसदीय दलका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाणको नेतृत्वमा मंगलबार गएको टोलीले प्रधानमन्त्री ओलीलाई बालुवाटरमै गएर विशेष ज्ञापन पत्र बुझाएको जनाएकाे छ ।

प्रदेशसभा संसदीय दलका तर्फबाट प्रदेश सरकारसँग सम्बन्धित विषयवस्तुहरुमा प्रदेश सरकारका मुख्यमन्त्री समक्ष र संघीय सरकारसँग सम्बन्धित विषयवस्तुहरुमा प्रदेश सरकारका मुख्यमन्त्रीमार्फत् प्रधानमन्त्री ओली समक्ष विशेष ज्ञापन पत्र बुझाइँदै छ ।

यस्तै कांग्रेसका ७७ वटै जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत् र विदेशस्थित नेपाली जनसम्पर्क समितिका तर्फबाट नेपाली दूतावासमार्फत् प्रधानमन्त्री समक्ष विशेष ज्ञापन पत्र बुझाइने कार्यक्रम रहेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको निर्देशनअनुसार प्रदेश, जिल्ला र जनसम्पर्क समितिले आफूलाई पायक पर्ने समयमा ज्ञापन पत्र बुझाउन लागेको जानकारी दिए ।

onetwothreefourfivesixseven

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...