कैलालीमा क्वारेन्टिनमै महिलालाई बलात्कार गर्ने तीनै जनालाई ७ दिन थुनामा राख्न अदालतकाे आदेश

Pakrau 3 man

काठमाडौं । बलात्कारजस्तो जघन्य अपराध गर्ने तीन जनालाई सात दिन थुनामा राखिने भएको छ ।

कैलालीको क्वारेन्टिनमा ३१ वर्षीय महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।

जिल्ला अदालत, कैलालीले करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिनको म्याद दिएको प्रहरीले जानकारी दिएको छ ।

यो बीचमा यस घटनालाई लिएर विरोधमा सोमबार पनि कैलालीको लम्की बजारमा प्रदर्शन गरिएको छ ।

आइतबार लम्कीचुहा नगरपालिका–१ को कार्यालयसमेत तोडफोड गरेका स्थानीय प्रदर्शनकारी सोमबार भने दिनभर शान्तिपूर्ण रूपमा विरोधमा उत्रिएका थिए ।

लम्कीचुहा–१ का वडाध्यक्ष जनक बमले घटना सामसुम पार्न खोजेको स्थानीयको आरोप लगाएका छन् ।

लम्की बजारको मुख्य चोकमा यातायात आवागमन ठप्प पारेका प्रदर्शनकारीले ‘घटना ढाकछोप गर्नेलाई कारबाही गर, क्वारेन्टाइन भंग गर, दोषीलाई कारबाही गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

लम्कीचुहाका नगर प्रमुख महादेव बजगाईंले घटनाको सत्यतथ्य छानबिन र संलग्नलाई कारबाही गर्न नगरपालिका गम्भीर रहेको बताउँनु भएको छ ।

आरोपितलाई पक्राउ गरी अनुसन्धान सुरु गरे पनि अराजक समूहले वडा कार्यालय तोडफोड र स्वास्थ्यकर्मीमाथि समेत हातपात गरेको आरोप लगाइएको छ ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा लम्कीचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविको क्वारेन्टिनबाट स्थानीय २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण विक र १८ वर्षीय सर्जन विकलाई शुक्रबार पक्राउ गरेको थियो ।

पक्राउ परेका मध्ये किशोर स्वास्थ्यकर्मी स्वयम्सेवक हुन् । अन्य पनि क्वारेन्टिनमा खटिएका स्वयम्सेवक भएको जानकारी गराइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...