सोती काण्ड : कुटिकुटी हत्या हुँदा पनि कसरी आयो पोष्टमार्टम्समा फरक रिपोर्ट ? (रिपोर्टसहित)

Jajarkot hospital report

काठमाडौं । गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं. ८ सोतीकी शुष्मा मल्लसँगको अन्तरजातीय प्रेम सम्बन्धकै कारण जारजरकोटका नवराज विकसहित ६ जनाले ज्यान गुमाए ।

सो घटनामा परी १२ जना घाइते भएका छन् । उनीहरुको अझैं राम्रो उपचार हुन सकिरहेको छैन । पीडितका परिवारसहित देशभर न्यायको माग गर्दै आन्दोलन पनि चर्किरहेको छ । तर, जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले दिएको पोष्टमार्टम्स रिपोर्टले भने पीडितले न्याय पाउने सम्भावना कम देखिएको छ ।

सो घटनामा परी घाइते भएका व्यक्ति, घटना स्थल, आरोपितहरुको बयान, प्रत्यक्षदर्शीको भनाई, प्रहरीले तयार पारेको मुचुल्का लगायतका प्रमाणहरुले नवराज विकसहित सबैलाई कुटिकुटी मारेको प्रष्ट भइसकेको छ ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल सहितका विभिन्न संघ संस्थाहरुले सार्वजनिक गरेको प्रतिवेदनमा समेत निर्मम ढंगले हत्या गरेको उल्लेख गरेका छन् । स्वयम् रुकुम पश्चिम प्रहरीले समेत निर्मम ढंगले हत्या भएको उल्लेख गरेको छ ।

तर, जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले दिएको पोष्टमार्टम्स रिपोर्टमा भने ३ जना पानीमा डुबेर मरेको र ३ जनाको ‘केही भन्न नसकिने’ रिपोर्ट दिएको छ ।

रुकुम र जाजरकोटका प्रहरीले अनुन्धानका क्रममा २९ जनालाई पक्राउ गरी जिल्ला अदालत रुकुममा मुद्दा पनि दायर गरिसकेको छ । प्रहरीले ३४ जनामाथि क्रुरतापूर्वक हत्या, ज्यान मार्ने उद्योग गरेको र जातीय छुवाछूत गरेको आरोप लगाएको छ ।

सामूहिक हत्यामा ३४ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएर थुनछेक बहस पनि सुरु भइसकेको छ । अदालतले आरोपितमध्येका शुष्मा मल्लसहित २ जनालाई बाल सुधार गृहमा राख्न आदेश दिइसकेको छ ।

मुलुकी अपराध संहिताको दफा १७७ अनुसार ज्यान मार्ने काम गरेकाले जन्मकैदको मागदाबी छ । त्यसमा सरकारी वकिलको कार्यालयले क्रुरतापूर्वक हत्या गरेको आरोपसमेत समावेश गरेको छ भने अपहरण गरी वा शरीर बन्धक लिई हत्या गरेको आरोप पनि एकसाथ छ ।

किशोरीकी आमा प्रकाशी मल्लले समेत सो घटना स्वीकर गरिसकेकी छन् । प्रहरीको दाबीअनुसार उनले सबै आरोप स्वीकारेकी छन् । प्रहरीले घटनाको सूत्रधार र प्रमुख योजनाकारको रुपमा ती किशोरीकी आमालाई अभियोग लगाएको छ ।

यतिबेला प्रतिनिधिसभाले बनाएको सांसदीय समिति जाजरकोट पुगेर छानविन पनि थालेको छ । समितिले छानविन थालेकै दिन पीडित परिवार र सोती हत्याकाण्ड संघर्ष समितिले जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटमा आगजनी गरे ।

पीडितका परिवारले समिति सदस्यहरु बसेको होटलमा समेत नाराबाजी गरी धर्ना दिए । संसदीय समितिलाई गाली गलोचको भाषासमेत प्रयोग गरे ।

पोष्टमार्टम्स रिपोर्टमा पानी डुबेर मरेको, गणेश बुढाको गन्ध आएको, नवराज विकको केही नलेखेको भन्ने उल्लेख भएको पीडित पक्षको दावी छ । ‘ठाउँ, ठाउँमा चोट लागेको र घाईते भएको देख्दादेख्दै उल्टो रिपोर्ट कसरी आयो ?’ संघर्ष समितिकी सदस्य तथा भेरी नगरपालिकाकी प्रवक्ता पार्वती विश्वकर्माले भनिन्, ‘सबै कुरा देखेर पनि गलत रिपोर्ट दिने डाक्टरलार्य कारवाही गर्नुपर्छ ।’

शुष्मा मल्लकी आमाले दिएको बयानमा पनि नवराजसहितलाई योजनामै मारिएको उल्लेख छ । तर, अस्पतालले भने ३ जना पानीमा डुबेर मरेको भनी रिपोर्ट दिएको छ । सो रिपोर्ट हेर्दा सो घटनामा संलग्नलाई मुक्ति दिने बाटो खोलिदिएको छ ।

यस्तो छ अदालतमा पेश भएको रिपोर्ट
११.मृतकहरु गोविन्द शाही, टीकारम नेपाली, नवराज वि.क.,सन्जु भन्ने सन्जिव वि.क.,गणेश बुढामगर र लोकेन्द्र सुनारको शब परिक्षण प्रतिबेदनः

(१)मृतक गोबिन्द शाही

There are reddious linear discoloration over left upper arm,left forearm and right forearm Which look like marbiling In denuded epidermeal layar of the skin., 2.Reddious brown abrasion like lesion 12*8 cm in size over lateral aspect of right thigh 30 cm below hip joint and 4cm above from knee joint.,3. Reddious brown abrasion like lesion 10*3cm in size over left knee.,4. Reddious brown abrasion like lesion 5*3 cm in size over left lateral aspect of leg 2cm above from lateral malleolus and 40 cm below from knee joint.,

(२)मृतक टिकाराम नेपाली

1.Reddious brown abrasion about12 in number largest measuring 5*1.5 cm in size samllest measuring 1*0.5cm in size over anterior aspect of right leg 10cm from knee joint and 32 cm from lateral malleolus., 2. Reddious brown abrasion about10 in number largest measuring 4*2 cm size samllest measuring 0.5*0.5cm over anterior aspect of left leg 6cm from knee joint and 30cm from lateral malleolus., 3. Reddious brown abrasion measuring 8*1 cm over left lumbar region 18 cm from midline., 4. Reddious brown abrasion measuring 5*3 cm size over right lateral aspect of knee.,5. multipal reddious brown small abrasion over left shoulder region.,6. laceration measuring 2*1 cm size over left eyebrow 4cm from midline.,7. laceration measuring 2*5 cm size over left eyebrow 5cm from midline.,There are blunt force injuries over head and face,knee and both lower extremities.,

(३) मृतक नवराज बि.क.

1.Reddish brown abrasionmeasuring 6*4cm over posterior aspect of left elbow.2. Reddish brown abrasion measuring 4*2cm over dorsal aspect of right forearm near eybow joint.

(४) मृतक सन्जु भन्ने सन्जीव बि.क.

1.laceration measuring 3*1cm present over eyebrow 3cm from midline.2. laceration measuring 1*0.5cm present over right temporoparietal region 5cm from midline., 3.There is presence of deformity over right elbow joint.

(५) मृतक गणेश बुढा मगर

1.Reddish brown abrasion measuring 28*7cm on left dorsum of hand and extended up to extensor surface of forearm 11cm from left elbow joint., 2. Reddish brown abrasion measuring 19*8cm over dorsum of right hand and extended up to extensor surface of forearm 20cm from elbow joint and 2cm from MCP.,3, Reddish from brown abrasion measuring 10*5cm over left shoulder 20 cm from midline., 4. Reddish from brown abrasion measuring 6*2cm over right knee.,5. Reddish from brown abrasion measuring 9*3cm over left knee.,6. Reddish from brown abrasion measuring 2*2cm on base of left great toe.,7. Reddish from brown abrasion measuring 8*3cm on base of right great toe.

(६) मृतक लोकेन्द्र सुनार

1.There is swelling measuring 5*3cm over right forhead., 2.Reddish brown abrasion measuring 5*3cm size over lateral aspect of left leg,11cm from knee joint., 3. Reddish brown abrasion measuring 4*2cm size over lateral aspect of left leg,5cm above lateral malleolus.,4. Reddish brown abrasion measuring 6*4cm size 2cm below right knee joint.

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...