चिर्पट प्रहार गरी बुबाको हत्या

चिर्पट प्रहार गरी बुबाको हत्या

झापा । झापाको कमल गाउँपालिका–१ मा चिर्पट प्रहार गरी आफ्नै छोराले आज बिहान बुबाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार घरायसी विवादमा सूर्यबहादुर थापालाई आफ्नै छोरा प्रकाश थापाले चिर्पट प्रहार गरेका थिए ।

चिर्पट प्राहरबाट ७० वर्षीय बुबा सूर्यबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बुबालाई चिर्पट प्रहार गर्ने ३० वर्षीय प्रकाशलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...