क्‍वारेन्टाइनमै गरे एक जोडीले विवाह

1817262315behula

काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका १८ मा रहेको बेलघारी क्वारेन्टाइनमा बसेका युवायुवतीले विवाह गरेका छन् ।

घोराही उपमहानगरपालिका १८ का समीर वली र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ की सीता चौधरीबीच क्वारेन्टाइनमै वडा अध्यक्षको रोहबरमा विवाह गरेका हुन् ।  भारतको दिल्लीबाट आएका उनीहरु क्वारेन्टाइनमा बसेका थिए  । उनीहरु बीच प्रेम सम्बन्धमा रहेकाले उनीहरुकै आग्रहमा विवाह गरिदिएको वडा अध्यक्ष  भरत अर्यालले बताए ।

घर सल्लाहमा जेठ ३२ गते बरपीपल साक्षी राखेर विवाह गराइ दिएको  वडा अध्यक्ष अर्यालले भने। पीसीआर परीक्षण रिपोर्ट आएपछि विवाह गर्न सुझाए पनि आफूहरुको धर्मसंस्कारमा ९ महिनामा विवाह गर्न नमिल्ने बताएपछि जेठ ३२ गते नै सामान्य ढंगले विवाह गराएको अर्यालले बताए ।

उनीहरु जेठको पहिलो सातामात्रै भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । करीब २४ दिन क्वारेन्टाइनमा अलग्लै बसेका उनीहरुको रिपोर्ट विवाह गरेको एक दिनपछि असार १ गते सोमबार आएको छ।  उक्त क्वारेन्टाइनमा उनीहरुसँगै बसेका अन्य ४ जनाको रिपोर्ट पोजिटिभ आएपनि ती नवविवाहित जोडीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

रिपोर्ट नेगटिभ आएकाले घरमा अलग्गै एक सातासम्म सेल्फ क्वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज गरिएको वडा अध्यक्ष अर्यालले बताए ।

 

 






 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...