असार १ गतेदेखि लागू हुने गरी ३२ एसपीको सरुवा, को कहाँ पुगे ? (सूची सहित)

२०२०२०२

काठमाडौँ । भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) सहित ३२ जनाको सरुवा भएको छ ।

असार १ गतेदेखि लागू हुने गरी प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले गरेको निर्णयअनुसार ती एसपीले असारदेखिको तलब, भत्ता सरूवा भएकै स्थानबाट पाउने छन् ।

सरुवार सूचीअनुासर बागमती प्रदेश प्रहरी कार्यालय (मकवानपु, हेटौंडा) एसपी अरुण पौडेल तनहुँ जिल्ला प्रहरी कार्यालयमा सरुवा भएका छन् भने सिरहा जिल्ला प्रहरी कार्यालयका एसपी उमाप्रसाद चतुर्वेदी प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो विशेष अपराध अनुसन्धान महाशाखा (महाराजगन्ज) सरुवा गरिएका छन् ।

एसपी अरुण पौडेल, तनहुँ, ओमबहादुर राना, बाँके, गोविन्द अधिकारी धनकुटा, जनकराज पाण्डेय डोटी, जीवनकुमार श्रेष्ठ कास्की, टिकाबहादुर विष्ट महोत्तरी, तारादेबी थापा भक्तपुर र दिपक रेग्मीले पूर्वी नवलपरासीको इन्चार्जको जिम्मेवारी पाएका छन् ।

सरुवाअनुसार दिपक खरेल पाल्पा, नवीनराज राई ईलाम, भीमबहादुर दाहाल, उदयपुर, राजेन्द्रप्रसाद भट्ट सुर्खेत, सन्तोष खड्का मोरङ, सुरेन्द्रबहादुर गुरुङ गोरखाको इन्चार्ज बनेका छन् ।

यस्तै गोरखाका एसपी ओमप्रसाद अधिकारी जुनियर प्रहरी अधिकृत शिक्षालय (भरतपुर), भक्तपुर महानगरीय प्रहरी परिसरका एसपी सविन प्रधान राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (महाराजगन्ज) मा सरुवा गरिएका छन् । उनको ठाउँमा एसपी तारादेवी थापालाई पठाइएको छ ।

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...