कर्णाली प्रदेशले ल्यायो ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट

Karnali bajet

सुर्खेत । कर्णाली सरकारले आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । प्रदेश सभामा सोमवार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा पूँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ५७ प्रतिशत हो । यस्तै चालुतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार रहेको छ । यो कुल बजेटको ४३ प्रतिशत हो । त्यसैगरी प्रदेश सरकारले वित्तिय हस्तान्तरणतर्फ दुई अर्ब ९९ करोड ६५ लाख अर्थात नौ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमा कोरोना महामारी नियन्त्रण र खाद्य संकट टार्ने कार्यक्रमलाई मुख्य प्राथमिकता दिइएको छ । कोरोना महामारी नियन्त्रण गर्नुपर्ने भएकाले यसपाली प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा बजेटलाई प्राथमिकता दिएको छ ।

कोरोना रोकथाम र नियन्त्रणमा लागि चालु खर्चतर्फ मात्र ८७ करोड ४१ लाख बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले बताए । बजेटमार्फत प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार विकास, जनशक्ति परिचालन, परीक्षण र संक्रमितको उपचारका लागि पनि बजेट विनियोजन गरेको छ ।

प्रदेशमा खाद्य संकट टार्न ५० करोड विनियोजन गरिएको छ भने दुरशिक्षाका लागि ११ करोड बजेट विनियोजन गरिएको छ । भोकमरी टार्नका लागि एक स्थानीय तह, एक भकारीु कार्यक्रम संचालन गरिनेछ । यसका लागि ५५ करोड बजेट विनियोजन गरिएको मन्त्री ज्वालाले उल्लेख गरे ।

अधिकांश कर्णालीबासीले रोजगारी गुमाएर प्रदेश भित्रिएको भन्दै सरकारले खाद्यान्नका लागि रोजगारी कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि एक अर्ब २० करोड विनियोजन गरिएको छ । यस्तै खाना, नाना र छाना कार्यक्रमका लागि पनि २० करोड बजेट छुट्याइएको छ । कोरोना प्रभावितलाई रोजगारी र सीपमुलक कार्यक्रम संचालन गर्न ६ अर्ब ५४ करोड विनियोजन गरिएको छ ।

यस्तो छ पूर्ण बजेट 

प्रतिकृया दिनुहोस