आजदेखि दुई पांग्रे सवारीमा जोर–विजोर प्रणाली शुरु, दुई पांग्रेमा १ जना मात्रै बस्न पाउने

Bike ca

काठमाडौं । पछिल्लो पटक लकडाउन खुकुलो बन्दै गएपछि गृह मन्त्रालयले सोमबारदेखि देशभर दुई पाङ्ग्रे सवारी साधनमा पनि जोरबिजोर लागू गर्न थालेको छ ।

गृह मन्त्रालयको निर्देशनमा आजदेखि देशभरका सबै निजी सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गरेर दुई पांग्रे सवारी साधन चलाउन दिन थालेको छ ।

आजदेखि जोर–बिजोर प्रणालीअनुसार जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन हुने छन् । मोटरसाइकल र स्कुटरमा एकजना मात्र बस्ने नियम पनि परिवर्तन नगरी एउटा साधनमा एक व्यक्ति मात्रै चढ्न पाउने व्यवस्था लागू गरेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भोलिदेखि सबै प्रकारका निजी सवारीमा जोर–बिजोर प्रणाली लागू हुने जानकारी दिए । सरकारले काठमाडौं उपत्यका प्रवेश र बाहिरिन पनि सोमबारदेखि विशेष पासको व्यवस्था गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...