आलुमा करोडौको राजनीति : जेठान पोस्न किसानको पेटमा लात हाने मेलुङ गाउँपालिकाका अध्यक्ष श्रेष्ठले

Alunews

दोलखा । ‘धन देखेपछि महादेवको पनि त्रिनेत्र खुल्छ’ त्यसै भनिएको होइन । दोलखा जिल्लाको मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ रातारात कम्पनी खडा गरेर सो उखानमा भनिएझै करोडौको अनुदान झ्वाम पार्न विभिन्न प्रपञ्च खडा गरेको रहस्य खुलेको छ ।

श्रेष्ठ नेकपा दोलखाका नेता तथा साबिक नेकपा (एमाले) का जिल्ला उपाध्यक्ष समेत हुन् । उनले भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास कार्यक्रमका लागि दिइएको अनुदान रकम आफ्नै जेठानको पेट भर्नका लागि लाखौं किसानको पटमा लात हानेको पाइएको छ ।

उनको अग्रसरतामा खोलिएको शैलुङ आलु विकास कम्पनीमा उनकै जेठान अम्बिका गोले, भतिजा विकल श्रेष्ठ तथा कार्यक्रम क्षेत्र भन्दा बाहिरका मान्छेहरु छन् । जो किसान दशकौंदेखि मेलुंगमा आलु खेति गर्दै आएका छन् । उनीहरुले यो कार्यक्रमको बारेमा थाहा पत्तो पाएनन् । गाउँपालिकाले यसको बारेमा कुनै सूचना दिएन ।

आफुहरुको हितको लागि आएको रकम सदरमुकाम चरिकोटमा बसेर राजनीति गर्ने, गाउँपालिकाको लाखौको गाडीमा डुल्ने मान्छेले पाउन लागेको थाहा पाएपछि मन्त्रालयमा डेलिगेसन र दबाब दिन जाँदा जाँदा तत्कालका लागि मन्त्रालयले कार्यक्रम स्थगित त गर्यो । तर फेरि शक्तिकै भरमा कार्यक्रम लागू गरेको छ । अर्थात् त्यहि आलु कार्यक्रम भिन्न ब्रान्डमा उही गाउँपालिकाका अध्यक्ष र शैलुङ आलु विकास कम्पनीलाई पोस्ने गरि जुर्मुरिएको छ ।

यस्तो थियो योजना
बागमती प्रदेश सरकार, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास कार्यक्रममा सहभागी हुन २०७६र०६र०९ गते प्रस्तावको आहवान गर्यो । ९ विभिन्न शिर्षकमा वितरण हुने उक्त कार्यक्रममा ५० प्रतिशत प्रस्तावकले र ५० प्रतिशत सरकारले व्यहोर्ने गरि बृहत्तर आलु विकास तथा विस्तार कार्यक्रम पनि समावेश थियो ।

जम्मा ३ करोड ७५ लाखको उक्त कार्यक्रम लागु हुने क्षेत्र दोलखाको शैलुङ र मेलु«ङ गाउँपालिका तथा रामेछापको गोकुलगंगा गाउँपालिका थिए । तर धन देखेपछि महादेवको पनि त्रिनेत्र खुल्छ भनेझै मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ रातारात कम्पनी खडा गरेर उक्त अनुदान हत्याउने दाउमा लागिपरे ।

पुनः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बागमती प्रदेश सरकार, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको कृषि ज्ञान केन्द्र, रामेछापले दोलखा र रामेछापका कृषक समूह, कृषि सहकारी, निजि कृषि फर्महरुलाई ३० दिन भित्र (२०७६र११र०६) प्रस्तावको आहवान गर्यो ।यसपटक फेरी उल्लेखित ३१ कार्यक्रम अन्तर्गत मेलुङ गाउँपालिका वडा नं ४ का लागि आलु पकेट कार्यक्रम थियो । यो कार्यक्रमबाट हौसिएका किसानहरुले लाखौ ऋण काडेर ठुलो क्षेत्रमा आलु खेति गरे ।

कार्यक्रम छनौटको अख्तियारी पाएको निकाय कृषि ज्ञान केन्द्र, रामेछाप कोरोना र लकडाउनको बहानाबाजी गर्दै पन्छिरह्यो । किसानले पटक पटक ताकेता गर्दा बल्ल बल्ल आउन लागेका कर्मचारीलाई गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठले बीच बाटोबाटै फर्काईदिएको एक किसानले बताए ।

कृषि ज्ञान केन्द्रको हर्कतबाट आजित भएका किसान गुनासो पोख्न गाउँपालिका कार्यालय पुग्ने गरेका छन् । तर त्यहाँका एक कर्मचारीले कृषि ज्ञान केन्द्रले आयोजना छनौटको जिम्मा गाउँपालिकालाई दिएको र शैलुङ आलु विकास कम्पनीसँग सम्झौता भइसकेको बताएपछि किसानहरु छाँगाबाट खसेजस्तै भएका छन् ।

सत्ता र शक्तिको आडमा अख्तियारको दुरुपयोग गर्दै गाउँपालिकाका अध्यक्ष श्रेष्ठ र कृषि ज्ञान केन्द्रले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यविधि, मर्म र भावना लत्याएका त छन् नै अध्यक्ष श्रेष्ठले आफ्ना आसेपासे पोस्न श्रमजीवी किसानको पेटमा लात हानेका छन् । एक किसानले भने ‘पुस्तौदेखि आलु खेती गर्दै आएका हामी किसानको रगत र पसिनामा खेलवाड गरेर टाई लाएर हिड्ने आफ्ना आफन्त र जेठान पोसेका छन्, अब हामीसँग विकल्प छैन । आलु कुहिएर जान्छ, अध्यक्षलाई गाउँ टेक्न दिदैनौ ।’ 

 

102840135 543370212997493 8841560902407794972 n

103812340 630383924219416 6480622517778986796 n

104115901 1101511753581611 6354580146038382484 n

suchana

सचन 2 1

सचन 2 2

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...