सोती घटना दोहोरिन नदिन ऐन संशोधनमा अधिकारकर्मीहरुको जोड

Chitwan news 3 1

चितवन । पश्चिम रूकुमको सोतीमा भएको अमानवीय क्रुर नरसंहारको चौतर्फी विरोध भइरहेका बेला दलित समुदायका अगुवाहरुले यस्ता घटना नदोहोरिन दिन ऐनमा संशोधन जरुरी रहेकोमा जोड दिएका छन् ।

राष्ट्रिय दलित पत्रकार संघ चितवनले आइतबार गरेको जातीय विभेदविरूद्ध साँसद, मानवअधिकारकर्मी र मिडियाकर्मीको भूमिका विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा अन्तरजातीय प्रेम विवाहको कारण घटेको यो घटना एकदमै निन्दनीय भए पनि अबका दिनमा यस्तो घटना हुन नदिन ऐनमै कडा व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

प्रतिनिधिसभा सदस्य आशाकुमारी विश्वकर्माले यो घटना दलित समुदाय भएकै कारण घटेकोले उक्त घटनाहरू दोहोरिन नदिन अब बन्ने ऐनहरूमा थप सजायको व्यवस्था गर्नुपर्ने बताइन् ।

अन्तरजातीय प्रेम विवाहको कारण घटेको यो घटना एकदमै निन्दनीय रहेको बताउँदै उनले यो घटनामा सक्ता पक्ष र प्रतिपक्ष भन्ने अवस्था नरहेकोले निष्पक्ष न्यायका लागि सबै दलित साँसदहरू एकठाउँमा उभिनुपर्नेमा जोड दिइन् ।

संविधानसभा सदस्य एवम् राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक र सुनियोजित ढंगबाट विभत्स हत्या भएको भन्दै पीडितलाई न्याय दिलाउने सवालमा कसैले पनि राजनीति नगर्न आग्रह गरे ।

अध्यक्ष पहाडीले भेरीमा बगेको सपना सिंहदरबारलाई अनुभूति नरहेको अवस्थामा अन्य मुलधारका मिडियाकर्मीहरुलाई यस मुद्दामा शसक्त रूपमा आफ्नो कलम चलाउन अनुरोध गरे । उनले घटनालाई तोडमोड गर्न स्थानीय राजनैतिक पार्टीले गलत भूमिका खेलिरहेको आरोप पनि लगाए ।

संघका बागमती प्रदेश उपाध्यक्ष कमलकुमार विश्वकर्मा, मानवअधिकारकर्मी प्रेम रिमाल, नेपाल पत्रकार महासंघका सचिव तीर्थ नेपाल लगायतले दलित समुदाय भएकै कारण यस्तो विभत्स नरसंहार हुनु दुःखद् कुरा रहेको बताउँदै न्यायका लागि देशभरका दलित समुदाय एक भएर लाग्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय दलित पत्रकार संघ चितवनका अध्यक्ष अमिर रामदामको अध्यक्षतामा भएको कार्यक्रममा संघका उपाध्यक्ष गोपाल विश्वकर्माले सहजीकरण गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...