भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा निधन

एजेन्सी । भारतीय पूर्वविदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ। स्वराजको मंगलबार राति दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो। भारतीय संचारमाध्यमका अनुसार सुषमा स्वराजको हृदयघातका कारण निधन भएको हो।

हृदयघातपछि स्वराजलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो। सुषमा स्वराजको निधन भएको अस्पतालमा भारतीय रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धन र केन्द्रीयमन्त्री नितिन गडकरी पनि अस्पताल पुगेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी अबको केहीबेरमा एम्स अस्पताल जाने बताइएको छ।

६७ वर्षीया स्वाराज लामो समयदेखि बिरामी थिइन्। उनले स्वास्थ्य अवस्था कमजोर रहेको अवस्था दर्शाउँदै प्रधानमन्त्री मोदीलाई पछिल्लो समय मन्त्री नबनाउन पनि आग्रह गरेकी थिइन् भने उनी लोकसभा निर्वाचनमा उम्मेदवार पनि बनेकी थिइनन्। मोदीको पहिलो प्रधानमन्त्रीको कार्यकालमा उनी विदेशमन्त्री भएकी थिइन्।

सुषमा स्वराज भारतकी सबैभन्दा कम उमेरकी क्याबिनेट मन्त्री बनेकी थिइन् भने पहिलो मुख्यमन्त्री रहेकी पनि भारतीय संचारमाध्यमले जनाएका छन्। उनी पहिलो महिला मुख्यमन्त्री पनि थिइन्। सन् १९९८ मा उनी दिल्लीकी मुख्यमन्त्री बनेकी थिइन्। इन्दिरा गान्धीपछि दोस्रो महिला विदेशमन्त्री स्वराज थिइन्। शुष्माको सन् २०१६ मा मन्त्री रहेका बेला नै किड्नी ट्रान्सप्लान्ट गरिएको थियो।

सत्ताधारी भारतीय जनता पार्टीकी नेतृ स्वराज यसअघी भाजपाकी प्रमुख प्रतिपक्ष दलकी नेतृसमेत रहेकी थिइन्। स्वराजलाई सन् २०१४ मा प्रधानमन्त्रीको रूपमा पनि हेरिएको थियो। भारतीय राजनीतिमा सुषमा स्वराजलाई रोल मोडलका रूपमा लिइन्छ।

यसअघि सुष्माले तीन घण्टा पहिले मोदीलाइ बधाई दिँदै काश्मिरको मुद्दामा ट्विट गरेकी थिइन्।

उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत दुस्ख व्यक्त गरेका छन् । उनले ट्विटरमा लेखेका छन्, ” सुषमा जी एक प्रख्यात वक्ता र उत्कृष्ट सांसद हुन् । उहाँ पार्टी पंक्तिमा सम्मानित र प्रशंसनीय हुनुहुन्थ्यो । जब बीजेपीको पार्टी सिद्धान्त र स्वार्थको को कुरा आउँथ्यो, र बीजेपीका लागि उहाँको योदान अतुलनीय छ ।”

प्रधानमन्त्री मोदीले आफ्नो व्यक्तिगत ट्विटर ह्यान्डलबाट निरन्तर सुषमालाई सम्बोधन गर्दै चार ट्विट गरेका छन् । जहाँ उनले भारतका र बीजेपीका लागि सषमा योगदान र उनको निधनबाट हुने क्षतिको बारेमा उल्लेख गरेका छन् ।

उनको निधनमा दुस्ख व्यक्त गर्दै पहिलो ट्विट भारतीय कंग्रेसले गरेको थियो । कंग्रेसले गरेको ट्विटमा भनिएको छ, “श्रीमती सुषमा स्वराजको असामयिक निधनको खबर सुनेर निकै दुस्खी बनाएको छ । उहाँप्रति श्रद्धाञ्‍जली र उहाँको परिवार तथा प्रियजनमा समवेदना । ”

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा का...