सोती हत्या प्रकरण : ३४ जनाविरुद्ध तीनवटा छुट्टाछुट्टै आरोपमा अभियोगपत्र दर्ता

सुष्मा मल्लसहित उनकी आमा र इन्द्रबहादुर मल्ललाई षडयन्त्रमा सामेल भएको अभियोग

Rukum ghatana aaropit

काठमाडौं । राजनीतिक आडमा सोती घटनामा आरोपिलाई जोगाउन खोजिएको आरोप लागिरहेकै बेला जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा आईतवार तीनवटा छुट्टाछुट्टै आरोपमा अभियोगपत्र दर्ता गरेको छ ।

गत जेठ १० गते रुकुम पश्चिमको सोतीगाँउमा ६ जनाको ज्यान जानेगरी भएको सामूहिक हत्यामा वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जना प्रत्यक्ष संलग्‍न भेटिएपछि प्रहरीले ३१ जनाविरुद्ध तीनवटा छुट्टाछुट्टै आरोपमा अभियोगपत्र दर्ता गरेको हो ।

आरोपितहरुमाथि ६ जनालाई क्रुरतापूर्वक ज्यान मारेको अभियोग लगाइएको छ । अनि अरु घाइतेहरुको हकमा उनीहरुमाथि ‘ज्यान मार्ने प्रयास गरेको’आरोप पनि छ ।

‘घटनाको जड भनेकै जातीय भेदभाव र छुवाछुत हो भन्ने अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई जातीय छुवाछुत र भेदभाव गरेको अभियोग पनि उनीहरुमाथि लगाइएको छ । आइतबार अबेर आरोपपत्र दर्ता भएकाले सोमबारदेखि बयान र थुनेछक बहस हुनेछ ।

रुकुम पश्चिमको सरकारी वकिल कार्यालय प्रमुख केशव चपाँईले तीनवटा छुट्टाछुट्टै आरोपमा अभियोगपत्र दर्ता भएको बताए । घटनामा ३४ जना संलग्न रहेको अनुसन्धानबाट खुलेको छ । सो घटनामा संलग्नमध्ये ५ जना फरार छन् । बाँकी ३ जनालाई घटनाको षडयन्त्रमा सामेल भएको अभियोग लगाइएको छ ।

जाजरकोटका नवराज विश्वकर्माकी प्रेमिका भनिएकी किशोरी शुष्मा मल्लसहित उनकी आमा र नाताले ठूलोबाबु पर्ने इन्द्रबहादुर मल्ललाई घटनाको षडयन्त्रमा सामेल भएको अभियोग लगाइएको छ । घटना भइसकेको हुनाले उनीहरुमाथि समेत संलग्न सरह नै कारबाही हुनुपर्नेमा छ ।
ती किशोरी र अर्का एक व्यक्तिमाथि ‘उमेर नपुगेका’ कारण बालबालिकासम्बन्धी ऐन बमोजिम कारबाहीको माग छ । अभियोग पुष्टि भएमा बालबालिका ऐनअनुसार कुल सजायको ७५ प्रतिशत हिस्सासम्म कसुर हुनसक्छ ।

अभियोग पत्र दर्ता भएकाहरुको सुची

१. डम्बरबहादुर मल्ल वडाध्यक्ष
२. डिल्ली मल्ल
३. तुलबहादुर मल्ल
४. प्रेमबहादुर ठकुरी
५. सन्तोष मल्ल
६. मोहन पुन मगर
७. मानबहादुर मल्ल
८. टोपबहादुर मल्ल
९. सर्वजित भन्ने सविन पुन
१०. नाम पविर्तन गरेर युवती
११ं वीरबहादुर मल्ल युवतीका बुवा
१२. आमा प्रकाशी मल्ल
१३. युवतीका दाई
१४ एक जना नाबालकको नाम परिवर्तन
१५. इन्द्रबहादुर मल्ल
१६. तिलक सन
१७. इन्द्रबहादुर ठकुरी
१८. लिपेन्द्रकुमार मल्ल
१९. हर्कबहादुर मल्ल
२ं०. विनोद मल्ल
२१ं दिपेन्द्र चन्द
२२. नेत्रबहादुर मल्ल
२३. रेशमबहादुर मल्ल
२४. धनराज राणा
२५. नविनकुमार घर्ती
२६. विराज पुन मगर
२७. भीमबहादुर पुन
२८. रमित पुन मगर
२९. विष्णु मल्ल

फरार रहेका ५ जना
३० तुलाराम घर्ती
३१. डिल्ली घर्ती
३२. लोकेन्द्र घर्ती
३३. सौरभ पुन
३४ भीमबहादुर बुढा

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...