काठमाडौँ भित्रिने र बाहिरिनेलाई बाटो खुल्यो (सूचनासहित)

Griha mantralay

काठमाडौं । लकडाउन खुकुलाे भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाबाट बाहिर जान र बाहिरबाट काठमाडौ उपत्यका भित्रिन नयाँ व्यवस्था गरेको छ ।

मन्त्रिपरिषदको गत जेठ २८ गतेको निर्णय र गृहमन्त्रालयको जेठ ३० गतेको आदेशअनुसार नयाँ नियम बनाएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले आइतबार एक सूचना जारी गर्दै अबदेखि उपत्यकाबाट बाहिर जाने जो कसैले व्यक्तिगत अत्यावश्यक भएको कागजात खुल्नेगरी प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।

त्यस्तैगरी सरकारी वा संस्थागत कामका लागि भए सम्बन्धित संस्थाको सिफारिस पत्रसहित सम्पर्क गर्नुपर्नेछ । त्यसैगरी बाहिरबाट उपत्यकामा आउन जुन नगरपालिकामा आउने हो सो नगरपालिकाको अनुमति चाहिने भएको छ ।

त्यसरी दिएको अनुमतिसहित यात्रा सुरु गर्ने जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ । यसरी निवेदन दिएपछि सो जिल्ला प्रशासनले संक्रमण जोखिम विश्लेषण,यात्राको औचित्य पुष्टि हुने कागजातसहित भएमा पास जारी गर्न सहमति प्रदान गर्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...