यौनसम्पर्क गर्दागर्दै कण्डम निकालेपछि...

यौनसम्पर्क गर्दागर्दै कण्डम निकालेपछि...

काठमाडौँ । बेलायतमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । यौनकर्मीसँग सम्भोग गर्ने क्रममा आफ्नो यौनांगबाट कण्डम निकालेपछि एक युवकविरुद्ध बलात्कारको अभियोग लाग्यो र उनलाई १२ वर्षको जेल सजाय भएको छ ।

सम्भोग गर्दा लगाएको कण्डम सम्भोग गर्दागर्दै निकालेपछि ती युवकमाथि असुरक्षित यौन सम्पर्कको प्रयास गरेको अभियोगमा यौनकर्मी महिलाले मुद्दा हालेकी थिइन् । ती युवकको नाम ली हगबेन हो । पीडित यौनकर्मी महिलाको नाम भने खुलाइएको छैन । तर उनको उमेर २० वर्षको रहेको बताइएको छ । आफूमाथि कण्डम विनै जबरजस्ती यौन सम्पर्क गरेको भन्दै उनले पुलिसमा उजुरी गरेपछि प्रहरीले ली हगबेनलाई पक्राउ गर्यो ।

अन्ततः उनलाई अदालतले १२ वर्षको जेल सजाय सुनायो । ती युवकले पीडित युवतीका अभिभावकहरुलाई मात्र होइन न्यायाधीशलाई पनि ज्यान मार्ने धम्की दिएका थिए । एजेन्सी 


प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...