कांग्रेसको धनकुटा–काठमाडौं सम्पर्क समितिले दियो धनकुटेलीलाई खाद्यन्न सामाग्री

Dkt ktm help

काठमाडौं । लामो समयदेखि लकडाउनमा परी समस्यामा परेका धनकुटेलीलाई राहत वितरण गरिएको छ ।

नेपाली कांग्रेस धनकुटा काठमाडौं सम्पर्क समितिको संयोजकत्वमा शनिबार काठमाडौं धापाखेल, बालाजु, टोखा, छाउनी, नारायण थान, बौद्ध, कोटेश्वर, धुम्बाराही लगायतका स्थानमा बसोबास गर्दै आएका धनकुटेलीलाई खाद्यन्न सहयोग गरिएको हो ।

उनीहरुलाई पूर्वरथि कृष्णनारायण सिंह थापा, सल्भ नेपालका अध्यक्ष राजेन्द्रबहादुर प्रधान, प्राध्यापक गोपालप्रसाद अधिकारी, टंक दुवाडी  र ट्रेड युनियन कांग्रेसका पूर्व उपाध्यक्ष गणेशप्रसाद निरौलाले सहयोग उपलब्ध गराएका थिए ।

धनकुटाबाट काठमाडौं आइ बसोबास गर्दै आएका ३१ परिवारलाई नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिका सभापति भीमबहादुर थापा, नेपाली कांग्रेसका महाधिवेन प्रतिनिधि उदयबहादुर लिम्बु, जिल्ला कार्य समिति धनकुटाका सदस्य निर्मल ओला लगायतले शनिबार खाद्यन्न सामाग्री वितरण गरे ।

लामो समयदेखि जारी लकडाउनका कारण समस्यामा परेका धनकुटेलीलाई थोरै भए पनि सहयोग पुगोस् भनेर खाद्यन्न सामाग्री वितरण गरिएको सम्पर्क समतिका सभापति थापाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...