सिर्जनशील नेपाली समाजले दियो सोती घटनाका मृतक परिवारलाई आर्थिक सहयोग

Srijanshil samaj help jajarkot

जाजरकोट । पश्चिम रुकुमको सोतीमा भएका जघण्य हत्याबाट मारिएका परिवारलाई न्याय दिन आन्दोलन भइरहेका बेला पीडित परिवारलाई सहयोग पनि जुट्न थालेको छ ।

रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ मा गत जेठ १० गते भएको घटनामा सोतीगाँउका स्थानीयहरुको आक्रमणमा परी भेरी नपा ४ का २१ वर्षीय नवराज विक, चौरजहारी नपा १ का २० वर्षीय टीकाराम सुनार, भेरी नपा ४ का २१ वर्षीय सन्जु विक, भेरी नपा ४ का १७ वर्षीय गणेश वुढा,भेरी नपा ११ का १८ वर्षीय लोकेन्द्र सुनार र भेरी नपा ११ का गोविन्द शाहीको हत्या भएको थियो ।

जातीय विभेदका कारण मारिएका ६ जनाका परिवारलाई वेलायतमा रहेको सिर्जनशील नेपाली समाज युकेले प्रति व्यक्ति ५० हजारका दरले हालै आर्थिक सहयोग गरिएकोे जाजरकोट सामुदायीक प्रतिष्ठानका अध्यक्ष लालबहादुर नेपालीले बताए ।

मृतकका परिवारलाई भेरी नगरपालिकाका मेयर चन्द्रबहादुर घर्तीमगर लगायतले प्रति व्यक्ति ५० हजारका दरले आर्थिक सहयोग वितरण गरे । सो सहयोग वितरण कार्यक्रममा मेयर घर्तीमगरले पीडितलाई आर्थिक सहयोगसँगै न्यायका लागि लाग्न आग्रह गरे ।

सिर्जनशील नेपाली समाजमा भक्त दर्जी अध्यक्ष छन् भने संरक्षकमा शेरबहादुर सुनार छन् । समाजमा दिल नेपाली उपाध्यक्ष, अम्मरबहादुर शदासंकर महासचिव, मिलन विश्वकर्मा सचिव र सुवास परियार कोषाध्यक्ष छन् ।

वेलायतमा रहेर आपतमा परेका नेपालीको सेवामा क्रियाशील सिर्जनशील नेपाली समाजमा नविन रसाइली, प्रेम मगर, श्रृजना सुनार, विकास विक, अमृत विक र सन्तोष विक सदस्य छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...