इन्टरनेसनल च्याम्पियन्स कप : इन्टरमिलानसँग टोटनह्याम पराजित

इन्टरनेसनल च्याम्पियन्स कप : इन्टरमिलानसँग टोटनह्याम पराजित

काठमाडौं । प्रि–सिजन टुरअन्तर्गतको इन्टरनेसनल च्याम्पियन्स कपमा इन्टर मिलानले इंग्लिस क्लब टोटनह्यामलाई पराजित गरेको छ ।


गएराति भएको खेलमा इटालियन क्लब इन्टर मिलानले टोटनह्यामलाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो ।


खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो । टोटनह्यामका लागि लुकास मोउराले तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । तर ३६ औं मिनेटमा इन्टरमिलानका लागि स्टेफनो सेन्सीले गोल गर्दै बराबरीमा ल्याए ।


निर्धारित समयमा थप गोल हुन नसकेपछि टाइब्रेकरमा पुगेको खेलमा इन्टरमिलानले बाजी मारेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...