शिक्षक सेवा आयोगले शिक्षक लाईसेन्स परीक्षाको प्रवेशपत्र अनलाइनबाटै बितरण गर्ने

शिक्षक सेवा आयोगले शिक्षक लाईसेन्स परीक्षाको प्रवेशपत्र अनलाइनबाटै बितरण गर्ने

काठमाडौं । शिक्षक सेवा आयोगले पहिलोपटक अनलाइनबाट फारम भर्ने गरी खुलाएको शिक्षक लाइसेन्सको विज्ञापनको परीक्षाका लागि प्रवेशपत्र पनि अनलाइनबाटै वितरण गर्ने भएको छ । आयोगले अनलाइनबाटै परीक्षार्थीले आफै प्रवेशपत्र निकाल्न मिल्ने गरी तयारी गरिरहेको जनाएको छ ।

आयोगले परीक्षाका लागि परेका आवेदन सिस्टममा राख्ने काम भइरहेको र त्यसलाई एकपटक परीक्षार्थीलाई रिभ्यु गर्न दिने र ठीक भएको जानकारी आउनसाथ अनलाइनबाटै प्रिन्ट गर्न मिल्ने गरी व्यवस्थापनको तयारी भइरहेको जनाएको हो ।

परीक्षार्थीले अनलाइनबाटै भरेको विवरण ठीक भएनभएको निक्र्योल गर्ने र अनलाइनबाटै प्रवेशपत्र प्रिन्ट गर्न दिने व्यवस्था गर्ने तयारी भइरहेको आयोगका प्रशासकीय प्रमूख डा। तुलसी थपलियाले जानकारी दिए ।

अब केही दिनमै विवरण हेर्न दिन आयोगको तयारी रहेको डा. थपलियाले जानकारी दिए । उनका अनुसार २ लाख ५० हजार बढीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका छन् ।

जसमा सबैभन्दा बढी निमावि तहको नेपाली विषयका लागि ५० हजार बढी आवेदन परेको छ । यस्तै कानून, इञ्जिनियरिङलगायतका प्राविधिक विषयमा सबैभन्दा कम आवेदन परेको डा। थपलियाले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...