संविधान संशोधन दफावार छलफलका लागि पेश, शीर्ष नेताहरुको बोल्ने क्रम जारी (भिडियोसहित)

Sansad bhaban

काठमाडौं । निशान छाप परिवर्तनका लागि संसदमा दर्ता गरेको संविधान संशोधन विधेयक संसदमा पेश भएको छ । आज सो विधेयक पारित हुने पक्कापक्की भएसँगै अब मुलुकको संविधान तथा निशान छापमा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समावेश हुनेछ ।

नक्सासम्बन्धी संविधान संशोधन विधेयकमा सबै राजनीतिक दलहरूले समर्थन जनाइसकेका छन् । २७ जेठको प्रतिनिधिसभामा भएको सैद्धान्तिक छलफलमा सबै दलहरूले यस विधेयकको पक्षमा मतदान गर्ने प्रतिबद्धतासहित मिचिएको भूमि फिर्ता गर्न भारत सरकारलाई आग्रह गरेका थिए ।

दिउँसो १ बजेदेखि सुरु भएको प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

उनले सिंविधान संशोधनको प्रस्ताव पश गरेपछि राजनीतिक दलहरुका शीर्ष नेताहरुले बोल्ने क्रम सुरु भएको छ । अहिले समाजवादी जनता पार्टीका नेता राजेन्द्र महतोले बोलिरहेका छन् भने यसअघि सत्तारुढ दल नेपाल कम्पुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो धारणा राखे ।

आफ्नो धारणा राख्दै ‘प्रचण्ड’ले राष्ट्रिय महत्व र दुरगामी महत्वको विषयमा राष्ट्रिय एकतालाई विकास गर्दै नेकपा यहाँसम्म आएको बताए । उनले नेपालले ल्याएको नयाँ नक्सा छिमेकी देशलाई चिढ्याउन भन्दा आफ्नो देशको वास्तविक नक्सा प्रयोगमा ल्याउन संविधान संशोधन गरेको बताए ।

नेपालले आफ्नो देशको नयाँ नक्सा जारी गरे पनि भारतसँगको सम्बादलाई भने जारी राख्ने बताए । ‘केही समय पहिले भारतले नक्सा जारी गर्दा नेपाललाई जिस्क्याउन नहुन सक्छ’ प्रचण्डले भने, ‘तर नेपाली जनताले भारतले जारी गरेको नक्सा स्वीकार्नेवाला थिएनन्, त्यो कुरा भारत सरकार, त्यहाँका राजनीतिक दल र बुद्धिजिविहरुले बुझ्नुपर्ने थियो ।’

शान्ति प्रक्रिया, संविधान निर्माण, प्राकृतिक विपदको विषय र उत्पन्न समस्यामा पनि राष्ट्रिय जिम्मेवारीका साथ सहकार्य गरेर नेकपा अघि बढेको बताए । उनले आफ्नो धारणा राख्दै राजतन्त्र गुमाएर गणतन्त्रले ऐतिहासिक जिम्मेवारी लिएको पनि बताए ।

Video

प्रतिकृया दिनुहोस