सरस्वती पुनले मध्यराती क्वारेन्टिनमै जन्माइन् छोरा

Gogane pani

प्यूठान । प्यूठानको गोगनपानीमा रहेको क्वारेन्टिनमा बसेकी एक महिलाले बच्चा जन्माएकी छन् ।

नौबहिनी गाउँपालिका –७ को गोगनपानीमा वडा कार्यालयले नेरा आधारभूत विद्यालयमा बनाएको क्वारेन्टिनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले बच्चा जन्माएकी हुन् ।

आधारभुत स्वास्थ्य सेवा केन्द्र गोगनपानीका अहेब केशव पुनका अनुसार सरस्वतीले गए राति १२ बजेर ६ मिनेटमा छोरा जन्माएकी हुन् । क्वारेन्टिनमा बच्चा पाएकी सुत्केरी महिला र नवजात शिशुको अवस्था सामान्य रहेको छ ।

सरस्वती र उनका श्रीमान् प्रेम पुन यही जेठ १७ गते भारतको चेन्नेईबाट आएर क्वारेन्टिनमा बसेका थिए । पुन दम्पती लकडाउनको समयमा घर फर्किएका थिए । उनी अहिले स्वास्थ्यकर्मीकै निगरानीमा छन् ।

प्रतिकृया दिनुहोस