बाराका पाँच वर्षिय बालकको मृत्युपछि कोरोना संक्रमण पुष्टि

Las balak

काठमाडौँ । उपचारको क्रममा वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएका बाराका पाँच वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालले शुक्रबार उपचारका क्रममा उच्च ज्वरोसहित अस्पताल भर्ना भएका बालकको मृत्यु भएको र आज आएको पीसीआर रिपोर्टमा संक्रमण देखिएको पुष्टि गरेको हो। अस्पतालका निर्देशक डाक्टर आनन्दकुमार झाले बालकको भेन्टिलेटरमा राखेर उपचार गरेपनि बचाउँन नसकिएको बताए।

अस्पतालका अनुसार शुक्रबार बिहान साढे ११ बजे उपचारका क्रममा ल्याउँदा दुई पटक गरिएको आरटीडी परीक्षणमा नै बालकको पोजिटिभ देखिएको थियो। त्यसपछि आइसोलेसनसहित भेन्टिलेटरमा राखेर उपचार गर्दा शुक्रबार साँझ ४ बजे ती बालकको निधन भएको हो।

आज पीसीआर रिपोर्ट पनि पोजिटिभ आएपछि शव नेपाली सेनालाई हस्तान्तरण गरिसकेको अस्पतालले जनाएको छ। बालकको उपचारमा संग्लन चिकित्सकहरु क्वारेन्टिनमा गएको र अस्पतालका सेवाहरु सुचारु भैसकेको निर्देशक डा.झाले बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...