सरकार विरोधी आन्दोलनमा विदेशी नागरिक सहभागी भएको खुलासा

Maitighar pradrasan

काठमाडौं । कोरोना भाइरस नियन्त्रणमा सरकार चुकेको भन्दै काठमाडौंबाट केही दिनअघिबाट सुरु भएको प्रदर्शन हाल देशव्यापी बन्दै गएको छ । दिनहुँ भइरहेको आन्दोलनहरुमा विदेशी नागरिक पनि सहभागी बन्ने गरेको पाइएको छ ।

सरकारले कोरोना नियन्त्रणमा १० अर्ब भन्दा धेरै खर्च गरेको बताए पनि दिनप्रतिदिन संक्रमित बढ्दै गएपछि आलोचना भइरहेको छ । सरकारले कोरोनाभाइरस नियन्त्रण प्रभावकारी बनाउन नसक्दा समस्या जटिल बन्दै गएको भन्दै स्वतःफूर्त प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले बल प्रयोग गर्ने गरेको छ ।

माइतीघर मण्डलमा सरकारविरुद्ध भइरहेको प्रदर्शनका क्रममा पाँच जना विदेशी नागरिक पक्राउ परेका छन् । प्लेकार्ड बोकेरै प्रदर्शनमा उत्रिएका उनीहरुलाई माइतीघरमण्डलबाट नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा क्यानेडियन, चिनियाँ, अस्ट्रेलियन, अमेरिकन र फ्रेन्च नागरिक रहेका छन् ।

ती विदेशी नागरिकहरुसँगै अन्य केही नेपालीलाई पनि प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । नेपालको कानुनले विदेशी नागरिकलाई कुनै पनि राजनीतिक सभा, सम्मेलन र प्रदर्शनमा भाग लिन निषेध गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...