यी चार जिल्ला, जहाँ तत्काल लकडाउन खुल्दैन

Thap lock down 4 jilla

काठमाडौं । सरकारले लकडाउन खुुकलो बनाउने भनेपनि पूर्ण रुपमा कार्यान्वयन नहुने भएको छ । सरकारले २ सयभन्दा बढी कोरोना संक्रमित भएको जिल्लामा लकडाउन गरिने जनाएको छ ।

अन्य जिल्लामा खुकुलो लकडाउन रहे पनि अहिले २ सय भन्दा धेरै एक्टिभ संक्रमित भएका दैलेख, कपिलबस्तु, रौतहट र सर्लाहीमा पूर्ण लकडाउन लाग्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार दैलेखमा ४ सय ४३, कपिलबस्तुमा ३ सय ५३, रौतहटमा ५ सय १६ र सर्लाहीमा ४ सय ७१ जना एक्टिभ संक्रमित छन् ।

मन्त्रालयले कोरोना भाइरस संक्रमणसम्बन्धी नयाँ मापदण्ड जारी गर्दै जिल्लामा २ सय बढी संक्रमित रहेको अवस्थामा पूर्ण लकडाउन गर्न सकिने जनाएको हो । मन्त्रालयले संक्रमण जोखिमलाई मध्यनजर गर्दै सुरक्षाका उपाय अवलम्बन गर्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार २ सय भन्दा धेरै एक्टिभ भएका विभिन्न जिल्लामा पूर्ण लकडाउन गर्ने उल्लेख भएकाले अहिलेलाई चार जिल्लामा पूर्ण लकडाउन लाग्ने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दुई सय भन्दा धेरै संक्रमित अन्य जिल्लामा पुगेमा ती जिल्लामा पनि पूर्ण लकडाउन लाग्ने बताए । अर्को व्यवस्था नभएसम्मका लागि २ सय भन्दा धेरै एक्टिभ संक्रमित भएको ठाउँमा पूर्ण लकडाउन लाग्ने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...