घरबेटी भन्छन् : घर भाडा नतिर, बरु सेक्स गर्न देउ...

Sex logo

काठमाडौं । विश्व यतिवेला कोरोनाको महामारीले आक्रान्त छ । लामो समयदेखि कोरोना भाइरसका कारणले भएको लकडाउनमा घरभाडाका लागि बहालमा बस्नेहरुलाई समस्याको पहाड बनेको छ ।

रोजगारी गुमिसकेपछि अब उनीहरुसँग कोठाको भाडा तिर्ने सक्ने अबस्था समेत छैन । यसैबीच युरोप र अमेरिकामा घर मालिकहरुले घरभाडाका सट्टा महिलालाई शारीरिक सम्बन्ध बनाउन माग गरिरहेका घटनाहरु सार्वजनिक भइरहेका छन् ।

एक महिलाले एनएफएचएको वेबसाइटका माध्यमद्वारा भनेकी छिन्, ‘यदि मैले आफ्नो प्रोपर्टी मेनेजरका साथ शारीरिक सम्पर्क गर्न नमाने मलाई घरबाट बाहिर निकालिदिन्छ । एक सिगंल आमा भएको नाता मसँग दोस्रो कुुनै विकल्प बचेको छैन । म आफ्नो घर गुमाउन चाहन्न ।’

घरभाडाका बदला शारीरिक सम्पर्कको माग गर्ने मामला अब अमेरिकादेखि ब्रिटेनमा पनि परीक्षणको दायरामा आएको छ । सेक्सको बदला रेन्ट फ्री एकोमोडेसनको सुविधाका नाममा बढ्दो अनलाइन विज्ञापनहरुबाट पनि पर्दा उठेको छ ।

विश्वभरि नै तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण लाखौं रोजगारीबाट हात धुुनुु परिरहेको छ । लकडाउन र यात्रामा बन्दाबन्दी भएपछि व्यापार व्यवसाय ठप्प भएको छ। आम्दानीका साधन समाप्त भएपछि आज वित्तीय संघर्षसँग लडिरहेका छन् ।

उत्तर अमेरिका र यूूरोपियन अथोरिटीज क्यास बेनेफिट्स, रेन्ट फ्रिजिस र निष्कासन प्रतिबन्धसँग जोडिएको नियम आएको छ ता कि मानिसहरु बेघर हुनबाट बच्न सकुन् । एनएफएचएका सल्लाहकार मोर्गन विलियम्स भन्छन्, ‘घरबाट बाहिर निस्कनका लागि विवश व्यक्तिहरुका सामु कतिपय समय ठूला कठिन विकल्प बच्छ ।’

हाउजिङ च्यारिटी सेल्टर (इंल्यान्ड) को २०१८ को एक रिपोर्ट अनुुसार पछिल्लो ५ वर्षमा प्रपोर्टी मेनेजरले भने, ‘करिब अढाइ लाख महिलाहरु घरभाडा दिनुका सट्टा शारीरिक सम्पर्क प्रस्ताव गर्छन् ।’

ब्रिटिस ल मेकर वेहा हबहाउसका अनुसार भाडाका सट्टा शारीरिक सम्पर्कको माग बढ्ने सम्भावना पहिले नै थियो । किनकी लकडाउनका समय व्यक्तिहरुसँग घरमा कैद हुनेबाहेक अन्य कुनै विकल्प थिएन ।

महामारीका दौरान पूरै बेलायतमा वित्तीय संकटसँग जुुधिरहेका मानिसहरुले यसको अनुभव गरेका छन् । भाडा तिर्नमा असमर्थ व्यक्तिहरुको बाध्यता घर मालिकको सर्त स्वीकार गर्नुपरेको छ ।’

एनएफएचएले आफ्नो रिपोर्टमा दाबी गरिएको छ कि धेरै महिलाहरु घर मालिकका विरुद्धका घटना दर्ता गरेका छैनन् । किनकी उनीहरुलाई डर छ कि यसो गरेमा प्रपोर्टी मेनेजरले घरबाट बाहिर निकाल्ने छन् । त्यस्तै वित्तीय अवरोध पनि अर्को कारण हुनसक्छ ।

मानव अधिकारका वकिल कारिन लान्गे भने, ‘भाडाको बदलामा शारीरिक सम्पर्कका लागि अमेरिकामा महिलाहरु धेरै समयदेखि नै सिकार भइरहेका छन् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...