शिशुको हत्या गरी फरार महिला पक्राउ

1586857132

काठमाडौँ । कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा नवजात शिशुको हत्या गरी फरार एक महिला ७ वर्षपछि पक्राउ परेकी छन् । साविक आर्थर डाँडाखर्क वडा नं ७ स्थित यमबहादुर नेपालीकी श्रीमती ४७ वर्षीया अमृता भन्ने तारा नेपाली पक्राउ परेकी हुन् ।

नेपालीले अवैध गर्भ बोकी २०७० साल फागुन १२ गते नवजात शिशु स्थानीय अँधेरी नेटामा जन्माइ कर्तव्य गरी मारी फरार भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीको कमाण्डमा विशेष टोली खटिई गई वडा प्रहरी कार्यालय बगर कास्कीको सहयोगमा खोजतलास गर्दै जाने क्रममा कास्कीको माछापुछ्रे गाउँपालिका–३ घाचोकस्थित यामबहादुर नेपालीको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेकी हुन् ।

उनलाई प्रहरीले बिहीबार साँझ ८ः०० बजेको समयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । अभियुक्त नेपालीलाई  कर्तव्य ज्यान (नवजात शिशुको हत्या) शीर्षकमा अनुसन्धानका लागि आज जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...