चितवनको माडीमा भेटियो ८ जनामा कोरोना संक्रमण

Corona test19

भरतपुर । चितवनको माडी नगरपालिकाका विभिन्न ठाउँमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा माडीका ८ जनामा संक्रमण भेटिएको भरतपुर अस्पतालले जनाएको छ ।

जसमध्ये बीपी कोइरालामा क्यान्सर अस्पतालको ३, खैरहनी नगरपालिकाको ११, पुरानो मेडिकल कलेजको ८, चितवन मेडिकल कलेजको ५, देवघाट गाउँपालिकाको १५, राप्ती नगरपालिकाको १५ र भरतपुर अस्पतालको २९ स्वाब परीक्षण गर्दा संक्रमण भेटिएको छैन ।

माडीका ८५ जनाको नमुना परीक्षण गरिएकामा ८ जनामा पोजेटिभ भेटिएको हो । भरतपुर अस्पतालमा शुक्रबार १ सय ९७ वटा स्वाब परीक्षण गरिएकोमा ८ जनामा कोरोना भाइरसको संक्रमण पाइएको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...