गण्डकी प्रदेशमा ३७ जना कोरोना संक्रमित, गण्डकी प्रदेशमा पुग्यो १९२ जना

Corona update

पोखरा । गण्डकी प्रदेशमा ३७ जना कोरोनाका विरामी थपिएका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९२ पुगेको छ । यसरी कोरोना देखिने विरामीमा ३ बर्षदेखि ६६ वर्ष उमेरका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शुक्रबार पर्वतका १३ जना, स्याङ्जाका २२ जना, तनहुँका १ जना र नवलपुरका ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा ३७ जना पुरुष तथा ३ महिला, स्याङ्जाका ५९ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वका ३६ जना पुरुष तथा २ महिला, लमजुङका १ जना, म्याग्दीका ३ जना पुरुष र तनहुँका ४ जना पुरुष, पर्वतका २१ जना पुरुष, गोरखाका १४ जना पुरुष र एक महिला तथा कास्कीका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपरासी पूर्वका ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपुर हुप्सेकोट गाउँपालिकाका १८, ३२, ५८ र ५९ वर्षका पुरुषमा संक्रमण दखिएको हो । उनीहरुलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा राखिएको छ ।

उनीहरुलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...