बैतडीमा ५ हजार व्यक्ति क्वारेन्टाइन बसाइपछि घर फर्के

1587025724

काठमाडौँ । भारत तथा तेस्रो मुलुकबाट फर्केर यहाँ हालसम्म ९ हजार ५ सय बढी व्यक्ति क्वारेन्टाइनमा बसिसकेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म ९ हजार ५ सय २१ जना क्वारेन्टाइनमा बसिसकेका हुन् ।

सो मध्ये ४ हजार १ सय ५० जना अझै क्वारेन्टाइनमै रहेका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । हाल क्वारेन्टाइनमा बस्नेमा भारतबाट फर्केर १४ दिन अवधि नकटेका रहेका उनले बताए । उनीहरुको कोरोना परीक्षण भइरहेको र परीक्षणपश्चात घर पठाइने जनाइएको छ ।  क्वारेन्टाइनको १४ दिन बसाइ पछि भने पाँच हजार ३ सय ७१ जना घर फर्किसकेका छन् ।

यसैबीच जिल्लामा हालसम्म ६ हजार ९ सय ७७ जनाको कोरोना परीक्षण गरिएको छ । सो मा ६ हजार ३ सय ८४ जनाको आरडीटी विधिबाट गरिएको हो भने ५ सय ९३ जनाको पीसीआर विधिबाट गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा आरडीटी गरिएका मध्ये ५ हजार ८ सय ५५ जनाको नेगेटिभ र ५ सय २९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आरडीटी पोजेटिभ देखिएकाको रिपोर्ट आउन बाँकी रहेको छ ।

यस्तै पीसीआर विधिबाट गरिएको परीक्षणमा दुई जनाको पोजेटिभ आएको छ । जिल्लाका सबै स्थानीय तहमा गरेर १ सय ९६ स्थानमा ६ हजार २ सय ३९ बेडको क्वारेन्टाइन स्थापना गरिएका छन् ।  बैतडीमा गत चैत ११ गतेदेखि क्वारेन्टाइनमा राख्न शुरु गरिएको थियो । भारतबाट फर्किनेको क्रम नरोकिँदा तथा समयमै पीसीआर परीक्षणको रिपोर्ट नआउँदा क्वारेन्टाइन व्यवस्थापनमा चुनौती देखिएको छ ।

१४ दिनको क्वारेन्टाइन बसाइपछि आरडीटी परीक्षण गरिने र नेगेटिभ आए घर पठाउने गरिएको छ । पोजेटिभ आए पीसीआर परीक्षण गर्ने गरिएको छ तर सुदूरपश्चिम प्रदेशमा एकमात्र धनगढी प्रयोगशाला पीसीआर परीक्षण गरिने भएकाले समयमै रिपोर्ट नआउँदा क्वारेन्टाइन बसाइ लम्बिने गरेको छ । नमूना पठाएको एक हप्तापछि मात्रै रिपोर्ट आउने गरेको जिल्ला अस्पतालका प्रमुख डा.वशन्तराज जोशीले बताए ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...