नेपालमा लगानी गर्न टर्कीका व्यवसायीलाई आग्रह

Yogesh bhattarai 1

काठमाडौँ । सरकारले टर्कीका व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपालमा लगानी गर्ने प्रशस्त अवसर रहेको भन्दै टर्कीका व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

टर्कीका व्यवसायीसँग आज भएको भर्चुअल बैठकमा मन्त्री भट्टराईले अहिलेको संसद्मा बहुमतले बनेको वर्तमान सरकार समृद्धि र विकासका लागि प्रतिबद्ध भएको बताउँदै लगानीमैत्री वातावरण बनेको विश्वास दिलाए । उनले सरकारको नारा नै ‘समृद्ध नेपाल र सुखी नेपाली’ भएकाले समृद्ध नेपाल बनाउन व्यवसायीलाई आग्रह पनि गरेका छन् ।

मन्त्री भट्टराईले नेपालमा जलविद्युत् र पर्यटन क्षेत्रमा लगानी गर्ने अवसर भएको धारणा व्यक्त गरेका छन् ।  बैठकमा टर्कीका वैदेशिक आर्थिक तथा सम्बन्ध बोर्डका अध्यक्ष निल ओलपाक, नेपालका लागि टर्कीका राजदूत सकिर ओजान टोरुनलर, व्यापार परिषद् अध्यक्ष श्री मुस्तफा अकिनसीलर सहभागी भएका पर्यटन मन्त्रालयले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...