४ हजार रुपैयाँ घुससहित प्रहरी अधिकृत रंगेहात पक्राउ

Pakrau police nepal

विराटनगर । होटल मालिकसँग घुस माग्ने प्रहरी अधिकृत रंगेहात पक्राउ परेका छन् ।

लकडाउनमा होटल सञ्चालनमा कुनैपनि अवरोध नगर्ने सर्तमा पैसा लिदै गर्दा असई पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङको सीआरभी कटहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सीताराम घिमिरे ४ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीबाट खटिएको टोलीले बिहीबार कटहरी गाउँपालिका ३ कहटरी चोकबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...