लकडाउन खुकुलो बनाउने सरकारको निर्णय, हेर्नुस् आजदेखि खुल्दैछन् यी सेवा
काठमाडौँ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । उच्चस्तरी समन्वय समितिको प्रस्ताव अनुसार मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
सरकारको निर्णय अनुसार पहिलो चरणको अवधिमा बिहीबार (आज) देखि लागू हुने गरी १५ दिन सम्म र थप १५ दिन गरि तीन चरणको तयारी गरिएको छ ।
तीनै चरण पूरा भएपछि सरकारले कोरोना संक्रमणको स्थितीलाई थप विश्लेषण गरी त्यसपछि अर्को निर्णय गर्नेछ । यहि समयभीत्र कोरोना संक्रमणको अवस्थालाई हेरेर सरकारले अर्को निर्णय गर्न सक्ने बताइएको छ ।
मन्त्रिपरिषद् बैठकले लकडाउन केही खुकुलो पार्ने मोडालिटी सार्वजनिक गरे पनि विभिन्न क्षेत्र सञ्चालन गर्न नदिने भएको छ । अन्त्यावश्यकबाहेक उद्योग धन्दा र निजी तथा सरकारी कार्यालय सामाजिक दूरी कायम गर्दै सञ्चालन गर्ने निर्णय गरेको सरकारले विभिन्न १३ क्षेत्रमा भने अझै नखोल्ने निर्णय गरेको छ। खोल्न नमिल्ने क्षेत्रमा शैक्षिक संस्थादेखि खेलकुद मैदान हुँदै शैलुनसम्म परेका छन् ।
प्रतिकृया दिनुहोस