मकवानपुरमा ज्वाइँद्वारा सासूको हत्या

दाइजोको कारण नेपाली चेलीको भारतमा हत्या

काठमाडौँ । मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नं १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ ।

अपाङ्गता भएकी छोरीसँग बस्दै आएकी वृद्धाका घरमा गत वैशाख ११ गतेदेखि प्यूठान घर भएका ज्वाइँ प्रहरीका पूर्व हबल्दार  नेपालीसमेत बस्दै आएका थिए ।

उनै नेपालीले धारिलो हतियार प्रहार गरेर सासूको हत्या गरेको र उनलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानीयवासी कमला भोम्जनले जानकारी दिनुभयो । बिहान ४ बजे धारिलो हतियारले आक्रमण गरी हत्या गरेको र होहल्ला भएपछि स्थानीयवासीले थाहा पाई अभियुक्तलाई नियन्त्रणमा लिएको  मकवानपुरगढी गाउँपालिका वडा नं १ का अध्यक्ष आइतसिंह लामाले जानकारी दिए ।


हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानासहितको प्रहरी टोली पुगेको छ । प्रहरीले अभियुक्त नेपालीलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको नायब उपरीक्षक रानाले जानकारी दिए ।  रानाका अनुसार पक्राउ परेका नेपालीले आफूले सासूको हत्या गरेको स्वीकार गरेका छन् ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...