समाचारको विषयलाई लिएर पत्रकार कडेललाई धम्की (अडियाेसहित)

Journalist tank kadel

कैलाली । समाचारको विषयलाई लिएर पत्रकार टंक कडेललाई धम्की आएको छ । अनलाइन डबली डकटकमका पत्रकार कडेललाई मंगलबार मोबाइल नम्बर ९८४८०३५३३८ बाट धम्की आएको हो ।

कैलालीको घोडाघोडी नगरपालिकामा नाली निर्माणमा उपभोक्ता समितिले अनियमितता गरेको भन्दै स्थानीयले गरेको विरोधको विषयमा अनलाइन डबलीमा मंगलबार समाचार प्रकाशित भएको थियो ।

उक्त समाचारलाई लिएर अज्ञात व्यक्तिले धम्की दिएका थिए । आफ्नो परिचय नदिएरै उक्त व्यक्तिले उक्त समाचार किन लेखिस् भन्दै जे पनि हुन गरिदिने धम्की दिएका थिए ।

पत्रकार कडेलले समाचारमा चित्त नबुझे कानुनी प्रक्रिया जान आग्रह गर्दा पनि नेपालको कानुन आफूले बुझेको भन्दै ठिक पार्ने धम्की दिइरहे ।

समाचारको विषयलाई लिएर धम्की दिएकोप्रति अनलाइन डबली निन्दा र भत्सर्ना गर्दछ । समाचारमा चित्त नबुझे वा सत्य होइन भन्ने दाबी हो भने कानुनी प्रक्रियामा जानु छोडेर धम्की दिनु निन्दनीय कार्य भएको अनलाइन डबलीका सम्पादक धनन्जय बुढले बताए ।

“गलत कार्यको ढाकछोप गर्न दिइएको धम्कीलाई हामी खारेज गर्दछौं र चित्त नबुझे प्रक्रियामा जान सम्बन्धीत पक्षलाई सचेत समेत गराउँछौं” बुढाले भने ।

समाचार लेखेकै कारण ज्यान मार्ने धम्की दिनु प्रेस जगतमाथिकै हमला भएकोले सम्बन्धीत निकायसँग छानविन गरी कारवाही गर्न अनलाइन डबलीले अनुरोध समेत गरेको छ ।

मंगलबार अनलाइन डबलीमा नागरपालिकाको सुखड डोडा पुलदेखि २०० मिटर अगाडिबाट मगर टोल जाने बाटोमा नाली निर्माणमा मापडण्ड विपरित काम भएको भन्ने स्थानीय विरोधलाई समाचार बनाएको थियो ।

उक्त नाली निर्माणमा कमसल सामाग्री प्रयोग भएको भन्दै इन्जिनियरले काम रोक्न भनेका थिए तर उपभोक्ता समितिले अटेर गरेको छ ।

त्यस्तै उपभोक्ता समिति गठनमा पनि स्थानीयको विरोध छ । अध्यक्ष र कोषाध्याक्षलगायतका पदमा एउटै नातागोताका व्यक्ति रहेको र उपभोक्ता समिति गठनबारे अवैध भएको स्थानीयको दाबी छ ।

यसमा पनि स्थानीयको विरोध जारी छ । प्रदेश सांसद अमर साउदले विकास कोषबाट छुट्याइएको १० लाख रकमको उक्त नाली निर्माणमा अनियमितता भएको स्थानीयको आरोप छ ।

त्यस्तै उपभोक्ता समितिको वैधानिकतामाथि नै प्रश्न उठेको छ । समिति गठनको नगरपालिका, वडा र सांसद नै जानकारी छैन ।

यस्ताे थियाे समाचार
१० लाखको बजेटमा परिवारको रजाईँ ! उपभोक्ता समितिको वैधतामाथि नै प्रश्न

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...