इभोरी कोस्टका फुटबल खेलाडी निकोलस पेपे लन्डन क्लब आर्सनलमा

काठमाडौं । अफ्रिकी मुलुक आइभोरी कोस्टका फुटबल खेलाडी निकोलस पेपे लन्डन क्लब आर्सनल प्रवेश गरेका छन् ।

डिफेन्डरदेखि फरवार्डसम्म खेल्नसक्ने पेपेलाई आर्सनलले क्लबको कीर्तिमानी ७२ मिलियन पाउन्ड स्टर्लिङमा अनुबन्ध गरेको हो ।

यसअघि, फ्रान्सको लिलबाट खेल्दै आएका २४ वर्षीय खेलाडी पेपेले आर्सनलसँग पाँच वर्षको सम्झौता गरेका छन् ।

पेपेले फ्रान्सको ‘लिग वान’मा ७४ खेल खेल्दै ३५ गोल गरेका थिए ।

गत सिजन पेरिस सेन्ट जर्मेन (पीएसजी)का किलियन एम्बाप्पेपछि सर्वाधिक गोल गर्ने र गोलको अवसर सिर्जना गर्ने खेलाडी पेपेमाथि इंग्ल्यान्डका अरु चर्चित क्लबहरुलेसमेत आँखा लगाएका थिए ।

पेपे यो सिजनमा आर्सनल प्रवेश गर्ने चौथो खेलाडी बनेका छन् । यसअघि, ड्यानी केबालोस, विलियम सालिबा र ग्याब्रिएल मार्टिनेली आर्सनल प्रवेश गरिसकेका छन् । (एजेन्सी)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज बिहिबारको राशीफल

Pathibhara 2014

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस ...