कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना ३ घाइते

Download

काठमाडौँ । कोरोना संक्रमित पुष्टि भएका ५ जनालाई बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । खाँचीकोट सन्धिखर्क आइसोलेसनमा ल्याइदै गर्दा हिडिडाँडास्थित फर्जेङ खोलामा एम्बुलेन्स दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

खाँचीकोटको आदर्श माविबाट सदरमुकामतर्फ आउँदै गरेको लु १ ज ३५३५ नम्बरको एम्बुलेन्स ओरालो झर्दा चिप्लिएर सडकबाट खसेर घरमा अड्किएको थियो ।

घाइतेमध्ये ३ जनाको अवस्था सामान्य छ । उनीहरुको आइसोलेसनमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भारतबाट स्वदेश आएपछि स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाब परीक्षण गर्दा सोमबार कोरोना पोजिटिभ देखिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...