जागिरबाट निकालिए सिद्धार्थ आउजी, लगत्तै आत्माहत्या

Axm

अछाम । यतिवेला विश्व समुदाय नै कोराना भाईरसको घेराबन्दी परेको छ, अझ भनौ भने यो भाईरसले विश्व नै आकुल ब्याकुल बन्दै गएको छ ।

मानिसहरु मर्नेको सङ्ख्या बढ्दै गएको छ भने सङ्क्रणमित सङ्ख्या पनि झन् बढ्दै गएको छ । विश्वका कतिपय मुलुकहरु यतिवेला पनि लकडाउनको अवस्थामा छन् भने कतिपय मुलुकहरुमा लकडाउनको अवस्था सामान्य हुदै गएको छ ।

यतिबेला कोरोना भाइरसबाट जोगिन विश्व मानव समुदाय अनेक उपाय गरिरहेका छन् । चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण हाल विश्वका अधिकांश मुलुकमा फैलिसकेको छ । यो बेला विश्वका अधिकांश मुलुक घोषित वा अघोषित रुपमा लकडाउनको अवस्थामा छन् । करीब–करीब विश्व बन्दाबन्दीको अवस्थामा छ । सिंगो मानव समाज नै त्रासपुर्ण जिवन बिताइरहेका छन् ।

यहीबेला अछाम जिल्लामा आफ्नै शरिरमा आगो लगाएर घाइते भएका एक जना मानिसको मृत्यु भएको छ। बयलपाटा अस्पतालबाट निकालेपछि आफ्नै शरिरमा पेट्रोल छर्केर घाइते भएका साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका सिद्धार्थ आउजीको उपचारका क्रममा मृत्य भएको हो।

समाजमा अहिले विभिन्न घटनाहरु घट्दै आएका छन् , तर यि यस्ता समाजमा घट्ने घटनाहरुको बारेमा सरकार भने मौन रहेको छ । त्यहाँको स्थानिय प्रशासन पनि यस घटनाको बारेमा मौन रहेको छ , यस घटनाप्रती प्रशासन निकाय गैरजिम्मेवार बन्दै गए पछि प्रशसन निकाय माथि प्रश्न उठ्न थालेको छ , कतै बयलपाटा अस्पताल र त्यहाँको स्थानिय प्रशासनको मिलेमत्तोमा त घटना घटेको त होईन भन्दै आम नागरिकरुले प्रश्न अठाउँन थालेका छन् ।

बयलपाटा अस्पतालमा कार्यरत आउजीको उपचारका क्रममा केही वेर अघि कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख नरपति भट्टले जानकारी दिए।

बयलपाटा अस्पतालका संञ्चालक लगाएत त्यहाँका डाक्टरहरुलाई कारबाही गर्नु पर्ने माग समेत त्यहाँका स्थानिय बासिन्दाहरुले राख्दै आएका छन् । तर प्रहरी प्रशासनले भने उत्त घटनाको बारेमा केही जवाफ दिन नसकेको कुरा एक स्थानिय बासिन्दाले बताए ।

दुई बर्षदेखि बयलपाटा अस्पतालमा कार्यरत आउजीले जागिरबाट निकालिए पछि विहान बेलुकाको छाक टार्न समेत धौधौ भएको भन्दै पेट्रोल छर्केका थिए।

आर्थिक संकट परेको भन्दै उनी लगायत ३३ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...