विप्लव समुहद्धारा नुवाकोट वडा कार्यालयमा पेट्रोल बम प्रहार, मकवानपुरमा ट्रक र कारमा आगजनी

विप्लव समुहद्धारा नुवाकोट वडा कार्यालयमा पेट्रोल बम प्रहार, मकवानपुरमा ट्रक र कारमा आगजनी

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले नुवाकोटको ककनी गाउँपालिका–१ कागतीगाउँस्थित वडा कार्यालयमा पेट्रोल बम प्रहार गरेको छ । बम प्रहारबाट उक्त भवनको दुईवटा कोठामा रहेको कागजपत्र, फर्निचर, ४ थान पंखा र २ थान कम्प्युटर पूर्णरुपमा जलेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गएराति आगजनी गरिएको हो । आगजनीमा पाँच जनाको समूह संलग्न रहेको बताइएको छ ।

विप्लव समूहले काठमाडौं उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गरेको विरोधमा बुधबार (आज) बागमती र नारायणी, जनकपुर अञ्चल तथा रामेछाप र दोलखा जिल्ला बन्द आह्वान गरेको छ । बन्दको अवज्ञा गरेको भन्दै विप्लव समूहका कार्यकर्ताले मकवानपुरमा गाडीमा आगजनी गरेका छन् ।

हेटौंडा–नारायणगढ खण्डअन्तर्गत मनहरी–९, ज्यामिरेमा बा ५ ख १७३९ नम्बरको ट्रक र फाखेल–हुमाने भञ्ज्याङ्ग सडक खण्डमा बा १४ च ८२३४ नम्बरको कारमा गरिएको प्रहरीले जनाएको छ । विभिन्न जिल्लामा शंकास्पद वस्तु फेला परेका छन् । मकवानपुरमा मात्रै चार स्थानमा राखिएका बम नेपाली सेनाको टोली डिस्पोज गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...