डा. देवकोटालाई पदबाट हटाइयाे, काेराेना सङ्क्रमितको संख्या ३ हजार ४४८ पुगे

देवकोटाको स्थानमा डा. जागेश्वर गौतमलाई नियुक्त

Bikas devkota health ministry

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताबाट डा. विकास देवकोटालाई हटाइएको छ।

देवकोटाको स्थानमा डा. जागेश्वर गौतमलाई नियुक्त गरिएको हो।

यसअघि उनी परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका प्रमुख थिए । देवकोटालाई मन्त्रालयको गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ।

यसगरी नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार २ सय ९ जना पुरुष र ४ जना महिलाका कोरोना पुष्टि भएको जनाएकाे छ ।

आज २१३ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।

जसमध्ये ३ हजार २ सय १२ जना पुरुष र २ सय ३६ जना महिला रहेका छन् । कोरोना भाइरसको संक्रमण नेपालको ७१ जिल्लामा फैलिएको छ ।

हालसम्म ४ सय ६७ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा १०२ जना डिस्चार्ज भएका छन् । जसमध्ये २ जना महिला र सय जना पुरुष रहेको मन्त्रालयले जनकारी दिएका छ । निको हुनेमा ३९९ जना पुरुष र ६८ जना महिला रहेका छन् ।

नेपालमा अहिलेसम्म ९६ हजार २ सय ५ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

त्यसैगरी १ लाख ४५ हजार ४९ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

देशभर १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टाइनमा रहेका छन् भने २ हजार ९ सय ६८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

यसैगरी कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस