संसदमा ‘भारतीय चेली’ शब्द प्रयोगबारे छानबिन हुने : सभामुख सापकोटा

Speaker agni prasad sapkota

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई लक्षित गर्दै नेकपा सांसद गंगा चौधरी सत्गौवाले प्रयोग गरेको ‘भारतीय चेली’ शब्दबारे छानबिन गर्ने बताएका छन् ।

आइतबारको बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी सांसद चन्दा चौधरीले ‘भारतीय चेली’ शब्द रेकर्डबाट हटाउन माग गरेपछि सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने बताएका हुन् ।

चौधरी बोलिरहँदा उनलाई रोक्दै सभामुख सापकोटाले यस विषयमा आफूले रुलिङ गरिसकेको र कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने बताए । सापकोटाले भने, ‘यो विषयमा मैले रुलिङ गरिसकेको छु, सबै विवरण लिएर कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्छु । त्यो विषयमा नजानुहोला ।’

केही समयअघि समाजवादी पार्टीकी सांसद सरिता गिरीले छिमेकी भारत र चीनसँग समेत वार्ता र संवाद गरेर मात्रै नेपालले नयाँ राजनीतिक नक्सा जारी गर्नुपर्ने बताएकी थिइन् ।

त्यसको प्रतिवाद गर्दै संसदमै नेकपाकी सांसद गंगा चौधरी सत्गौवाले नेपालले आफ्नो देशको नक्सा जारी गर्न छिमेकीलाई सोध्नुपर्ने ? भन्दै प्रश्न गरेकी थिइन् ।

त्यसक्रममा चौधरीले ‘भारतीय चेलीको दादागिरी संसदमा देखिएको’ बताएकी थिइन् ।

समाजवादी र राजपाका सांसदहरुले चौधरीको उक्त अभिव्यक्तिको विरोध गर्दै आएका छन् ।

समाजवादी पार्टीकी सांसद सरिता गिरीले चौधरीले प्रयोग गरेको ‘भारतीय दादागिरी’ शब्द हटाउन माग गरेकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...