३२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

Miss nepal police

काठमाडौँ । कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिएका ३२ जना प्रहरी अधिकृत तथा जवान कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

त्यसमध्ये प्रदेश २ मा खटिएका मात्रै २२ जना छन् । शनिबार थप दुईजना प्रहरीको रिपोर्ट पोजिटिभ आएसँगै प्रहरीमा संक्रमण हुनेको संख्या ३२ पुगेको हो ।

प्रहरी प्रवक्ता निरजबहादुर शाहीका अनुसार संक्रमितमध्ये १४ जना प्रहरी निको भएर होम क्वारेन्टाइनमा छन् । बाँकीको विभिन्न अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले आफ्नो क्षेत्रमा खटिएका प्रहरी निरीक्षकसहित २२ जनामा संक्रमण देखिएको र त्यसमध्ये ७ जना निको भएर ब्यारेकमै आराम गरिरहेका छन् । सिंहका अनुसार २ नम्बर प्रदेश सभामा खटिएका प्रहरीका ५ मर्यादापालक समेत संक्रमित छन् ।

‘प्रदेश २ मा क्वारेन्टाइन सुरक्षा, प्रदेश सभाका मर्यादापालक र नागरिकसँग दैनिक जोडिने सेवा प्रवाहमा खटिएका प्रहरीमा संक्रमण देखिएको छ,’ सिंहले भने, ‘आफ्नै सहकर्मीमा संक्रमण देखिएपनि कतिपय सुरक्षाकर्मीमा भय र त्रासको वातावरण त सिर्जना भएको छ, तरपनि जोखिमकाबीच सावधानी अपनाएर खटिदै आएका छौं ।

यसअघि नेपाली सेना, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका करिव १ दर्जन अधिकृत तथा जवानमा पनि संक्रमण देखिएकोमा उनीहरु उपचारपछि निको भएर होम क्वारेन्टाइनमा छन् । कान्तिपुर 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...