संघीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म कमजोर हुँदैनौंः अध्यक्ष प्रचण्ड

क्रान्ति दुई चार जनाको रहरले हुने होइन्

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद धेरैभन्दा धेरै जनता केन्द्रित भएर गरिने क्रान्ति भएको बताएका छन् । जनता र राष्ट्रलाई माया गर्ने र परिवर्तनलाई रुचाउने सबै इमान्दार नेता तथा कार्यकर्ता एक ठाउँमा एकतावद्ध भएर यो व्यवस्थाको रक्षा गर्नुपर्ने अध्यक्षले बताए ।

सोमबार अध्यक्ष निवास खुमलटारमा विप्लव समूह परित्याग गरी नेकपामा प्रवेश गर्ने सो समूहका ब्यूरो सदस्य तथा बारा जिल्लाका पूर्व सचिव रमण घिमिरेलगायतका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गर्दै यस्तो बताएका हुन् । प्रचण्डले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाएहुन्थ्यो भन्नेमा प्रतिक्रियावादी रहेको बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने नेताहरूविरूद्ध षडयन्त्र र प्रचार गरेर सिध्याइयो भने व्यवस्था पनि सिध्याउन सकिन्छ भन्नेमा प्रतिक्रियावादी रहेका छन्’, प्रचण्डले भने, ‘यो व्यवस्था नै उल्टियो भने नेपाल नै बर्बाद हुने खतरा छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म आफूहरू कोही पनि कमजोर नहुने उनको भनाइ थियो । अध्यक्षले भने, ‘हामीले खोजेको यो भन्दा धेरै थियो, अहिलेको देश, विश्व र शक्ति सन्तुलनले गर्दा प्राप्त उपलब्धिमा टेकेर अगाडि जाने भनेर आएको हो ।’ प्रचण्डले क्रान्ति दुई चार जनाको रहरले हुने कुरा नभएको बताए । अध्यक्षले पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरूलाई उचित जिम्मेवारी दिने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...