पासवर्डको पोस्टर सार्वजनिक

काठमाडौँ । पासवर्ड सिनेमाले आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा सिनेमाको मुख्य कलाकारसहित बलिउड अभिनेत्री सन्नी लियोनी पनि अटाएकी छन् ।

सिनेमा भदौ २७ गते रिलिज हुँदैछ । सिनेमाका दुई पोस्टर सार्वजनिक गरिएका हुन् । पासवर्ड सिनेमामा सन्नी लियोनीले आइटम गीतमा नृत्य गरेकी छन् ।

रिलिज पोस्टर मध्ये एकमा अभिनेता अनुपविक्रम शाही र विक्रम जोशीलाई रिसाहा रुप देखाइएको छ । यी दुई बीचको द्वन्द पोस्टरले प्रस्ट्याउछ । सम्राट बस्नेतले निर्देशन गरेको सिनेमामा बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ आदिको अभिनय छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...