बोर्डले कक्षा १२ को नतिजा आज साँझ सार्वजनिक गर्ने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज साँझ प्रकाशन गर्ने तयारी गरेको छ । बोर्डले सबै विषयको नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको छ । नतिजा साँझसम्म आइसक्ने जनाइएको छ । विगतमा विज्ञान विषयको नतिजा शुरुमा प्रकाशन गर्ने गरिए पनि यसपटक एकैपटक नतिजा प्रकाशनको तयारी गरिएको छ ।

प्राविधिकसहितको उपस्थितिमा तयारी पूरा भइसकेको र रुजु गर्ने कामसमेत सकिएकाले नतिजा प्रकाशनका लागि सोमबार साँझ पाँच बजे बोर्ड बैठक बोलाइएको छ । बोर्ड बैठकमार्फत निर्णय गराएर परीक्षाफल प्रकाशित गर्ने प्रचलन छ । यसपालिको परीक्षामा ४ लाख २८ हजार विद्यार्थी सहभागी भएका छन् ।


 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लोक सेवा आयोगको अत्यन्त जरुरी सुचना (सूचनासहित)

Loksewa aayog 1

काठमाडौँ । लोक सेवा आयोगले विभिन्न सूचनाहरू निकालेको छ । विभिन्न तहमा सामुहिक परिक्षण तथा अन्तर्व...