एमसीसीको पक्षमा मतदान नगर्न दार्चुलाका सांसदलाई नेकपाको चेतावनी

Dilendra badu

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दार्चुलाले अमेरिकी अनुदान सहयोग मिलेनियम कर्पोरेशन च्यालेन्ज (एमसीसी) परियोजनाको पक्षमा हस्ताक्षर नगर्न चेतावनी दिएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै जिल्लाबाट प्रतिनिधित्व गर्ने दुई जना सांसदलाई एमसीसीको पक्षमा मतदान नगर्ने चेतावनी दिएको हो ।

पार्टी जिल्ला इन्चार्ज र सचिवको हस्ताक्षरमा सार्वजनिक भएको विज्ञप्तिमा एमसीसीको पक्षमा मतदान गरे जिल्ला प्रबेशमा प्रतिबन्ध लगाउने बताइएको छ ।

एमसीसी परियोजनाका प्रावधानले नेपाललाई अमेरिकी सेनाको सैन्य अखडामा परिवर्तित गर्दै नेपालको अवस्था पनि इराक, अफगानिस्तान, सिरिया र लिवियाको जस्तै पराधीन र अर्ध औपनिबेशिक हुने निश्चित भएको भन्दै अहिलेसम्म पराधीन नरहेको नेपाललाई दलाल शासकहरुले आफ्नो व्याक्तिगत स्वार्थ परिपूर्ती गर्नका लागि एमसीसीलाई सदनबाट पास गराई देशलाई अमेरिकी साम्राज्यवादको जिम्मा लगाउने प्रयत्नरत रहेको नेकपाले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘दार्चुलाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरु गणेश ठगुन्ना र दिलेन्द्र प्रसाद बडु ज्युलाई संसदमा एमसीसी जस्तो राष्ट्रघाती अपराधका पक्षमा भोट नगर्न नेपाल कम्युनिस्ट पार्टी दार्चुला जिल्ला कार्य समिति आग्रह गर्दछ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यदि जनताको भावना विपरित एमसीसी जस्तो राष्ट्रघाती, जनघाती र देशको सार्वभौमिकतालाई चुनौती दिने हिन्द प्रसान्त रणनीतिको अंग एमसीसीका पक्षमा भोट गरे दार्चुलाका देशभक्त र स्वाधीनताका पक्षमा लडिरहेका जनताले जनकारबाही गर्नुका साथै जिल्ला प्रवेशमा रोक लगाउने ब्योहोरा जानकारी गराउँदछौ ।

akash

 

प्रतिकृया दिनुहोस