रुकुम घटना छानविन गर्न सर्वदलीय संसदीय छानविन समिति गठन

रुकुम पश्‍चिम ‘हत्याकाण्ड’

Rukum sab 18

File Photo

काठमाडौं । सरकारले रुकुम पश्चिम घटनाको अनुसन्धानका लागि संसदीय विशेष समिति गठन गर्ने भएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा रुकुम पश्चिम घटनाको छानबिनका लागि सर्वदलित संसदीय छानबिन समिति गठन गर्न माग राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले बैठक शुरु भएलगतै उठेर विरोध जनाएका थिए ।

 सो लगतै सभामुख अग्नि प्रसाद सापकोटाले कांग्रेस सांसद पुष्पा भुषाल गौतमलाई बोल्न समय दिएका थिए । सांसद भुषालले यो विषयले नेपालको संविद्यान, अन्तर्राष्ट्रिय सन्धिको धज्जि उडाएको भन्दै गृहमन्त्रालयले बाहिरबाट छानबिन समिति गठन गरेको भन्ने विषयमा संसदलाई विश्वास नभएको बताएकी थिइन् ।

भुषालले जबसम्म घटनाको अनुसन्धान गर्न सर्वदलित संसदीय समिति गठन हुँदैन तबसम्म संसद चल्न नदिने अडान राखेकी थिइन् । त्यसपछि पनि कांग्रेस सांसदहरुले उठेर बिरोध जनाएका थिए ।

सभामुख सापकोटाले रुलिङ गर्दै रुकुम पश्चिम जिल्लाको चौरजारी ८ सोती घटनाको आवश्यक अनुसन्धान गरि सभामा पेश गर्न प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलिहरुसँग आवश्यक छलफल पश्चात प्रतिनिधिसभा नियमावली २०७५ को नियम १ सय ७७ बमोजिम संसदीय विशेष समिति गठन गरिने बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...