कोशीअस्पतालबाट एकैपटक २७ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज

1591275199 qd34p

काठमाडौँ । विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रबाट बिहीबार मात्रै २७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

कोभिड उपचार केन्द्रका संयोजक ज्ञानबहादुर बस्नेतका अनुसार निको हुनेहरू सबै नेपाली नागरिक हुन् । उनीहरूलाई अपराह्न प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे र अस्पताल प्रशासनले बिदाइ गरेका थिए  ।

प्रदेश १ मा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या हालसम्म ७५ पुगेको छ । तीमध्ये १८ जना धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट र ५७ जना विराटनगरस्थित कोसी  कोभिड अस्पतालबाट छन् ।

विराटनगरस्थित कोभिड उपचार केन्द्रमा अझै १२ जनाको उपचार भइरहेको छ । प्रदेश १ मा बिहीबारसम्म जम्मा कोरोना संक्रमितको संख्या दुई सय एक पुगेको छ ।


 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...