नेपाल र कुबेत मैदानमा, नेपाललाई खेल जित्नै पर्ने दबाब

नेपाल र कुबेत मैदानमा, नेपाललाई खेल जित्नै पर्ने दबाब

काठमाडौं । आईसीसी टी–ट्वेन्टी विश्वकप छनोटअन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।


सिंगापुरको ईन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे सुरु भएको छ । कुवेतविरुद्ध मैदान उत्रँदा नेपाल स्पष्ट जितको खोजीमा छ । अघिल्ला दुई खेलमा एक जित र एक हार बेहोरेको नेपालको लागि कुवेतविरुद्धको खेल महत्वपूर्ण रहेको छ ।


विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाललाई बाँकी दुई खेलमा स्पष्ट जितको आवश्यकता छ । पहिलो खेलमा अप्रत्यासित रुपमा कतारसँग ४ विकेटले पराजित नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हराएको थियो ।


त्यसैले छनोटको शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्न नेपाललाई दुई खेल नै महत्वपूर्ण छ । छनोटको २ खेलमा २ अंक जोडेको नेपाल तेस्रो स्थानमा छ । कुवेत ३ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ ।


कुवेतलाई हराए नेपाल दोस्रो स्थानमा उक्लने छ । र, ग्लोबल छनोटको सम्भावना कायम राख्नेछ । ३ खेलमा ५ अंक जोडेको सिंगापुर शीर्ष स्थानमा छ । कुवेतसँग पराजित भएमा नेपालको ग्लोबल छनोट सकिनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...